birat ribon

प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्नेहरू संविधान विरोधी : प्रधानमन्त्री ओली

Neuro
प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्नेहरू संविधान विरोधी : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्नेहरू संविधान र लोकतन्त्र विरोधी भएको बताएका छन् । अपाङ्गतासँग सम्बन्धित विभिन्न सङ्घसंस्थाले आइतबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

Padelux insider
cura insider

उनले प्रतिनिधिसभा पुनःस्थापना गर्न चाहनेहरूले देशमा अस्तव्यस्तता ल्याई स्थायित्व हुन नदिने तथा बहुमतको सरकार तोडेर जोरजाममा सरकार बनाउन खोजेको आरोप लगाए । संसद् सांसदहरूको जागीर खाने मात्रै थलो नभएकाले सांसदको काम हेरेर पुरस्कृत र दण्ड गर्नका लागि ताजा जनादेशमा जानुपर्नेमा उनले जोड दिए ।

उनले भने, ‘स्थिरता हुन नदिने र बहुमतको सरकार तोडेर जोडजामको सरकार बनाउन खोजियो । संसदमा पाँच वर्ष जागीर खान पाउनुपर्छ भन्ने ? सांसद भनेको जागीर हो ? पाँच वर्ष जागीर खान पाउनुपर्छ भन्ने उनीहरूको तर्क छ । मैले निर्णय गर्ने अधिकार आफ्नो हातमा लिएको छैन । जनताका बीचमा जाऔँ । मेरो र अरूले गरेका कामको मूल्याङ्कन जनताले नै गर्छन् ।’ रासस

jackson ribon