birat ribon

सङ्क्रमितको शव व्यवस्थापनमा खटिएका युवालाई गुराँस पुस्तकालयको सम्मान

Neuro
सङ्क्रमितको शव व्यवस्थापनमा खटिएका युवालाई गुराँस पुस्तकालयको सम्मान

विराटनगर/कोरोना महामारीको समयमा कोरोना सङ्क्रमितको शव व्यवस्थापन र सङ्क्रमितको घर सरसफाइमा खटिएका युवालाई विराटनगरको गुराँस पुस्तकालयले सम्मान गरेको छ ।

Padelux insider
cura insider

गुराँस पुस्तकालय विराटनगरले आइतबार आयोजना गरेको कार्यक्रममा युवाहरूलाई सम्मान गरेको हो ।

बरगाछीका युवाहरू राम नेपाल, रविन कार्की, सुयोग चापागाईं, सन्जोग गौतम, दृश्यमान शाक्य र अनुराग भण्डारीलाई नगद १५ हजारसहित नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्मानित गरे । कोरोना सङ्क्रमितको शव व्यवस्थापन र सङ्क्रमितको घर सरसफाइमा युवाहरूको टोली खटिएको थियो ।

प्रजातान्त्रिक आन्दोलनका अगुवाइलाई सम्मान
गुराँस पुस्तकालले प्रकाशत गर्ने ‘बरगाछी’ पुस्तक लोकार्पणका अवसरमा प्रजातन्त्रिक आन्दोलनका अगुवा देवी डाँगीलाई सम्मान गरिएको छ । उनलाई मुक्तिप्रसाद–यदुनाथ चापागाईं सम्मान गरिएको हो । उनलाई २१ हजार नगदसहित काङ्ग्रेस नेता रामचन्द्र पौडेलले सम्मानपत्र प्रदान गरे ।

सोही क्रममा प्रजातन्त्रका कमान्डर मुक्तिप्रसाद–यदुनाथ चापागाई विशेषाङ्कका रूपमा ‘बरगाछी’ को १६औँ अङ्कको विमोचन गरिएको थियो । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व सञ्चारमन्त्री मिनेन्द्र रिजालले पुस्तक विमोचन गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेसको बटम लाइन प्रतिनिधिसभा पुनस्थापना नै भएको बताए । कार्यक्रममा पूर्वसञ्चारमन्त्री डा. मिनेन्द्र रिजाल, बरगाछी पुस्तकका सम्पादक दधिराज सुवेदीलगायतले मन्तव्य राखेका थिए ।

jackson ribon