birat ribon

बोलोग्नालाई हराउँदै युभेन्टस शीर्ष चारमा

Neuro
बोलोग्नालाई हराउँदै युभेन्टस शीर्ष चारमा

विराटनगर । इटालियन सिरी ‘ए’मा साविक विजेता युभेन्टसले दसौं जित निकालेको छ । आइतबार बेलुका भएको खेलमा युभेन्टसले बोलोग्नामाथि २–१ गोलको जित दर्ता गरेको हो ।

Padelux insider
cura insider

युभेन्टस स्टेडियममा युभेन्टसलाई जिताउन अर्थर मेलो र वेस्टन एमसीकेनीले समान एक–एक गोल गरे ।

खेलको १५औं मिनेटमा अर्थरले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । युभेन्टसबाट पहिलो गोल गर्दा उनलाई क्रिस्टियानो रोनाल्डोले पास मिलाइदिएका थिए ।

खेलको ७१औं मिनेटमा एमसीकेनीले क्वाड्राडोको पासमा गोल गर्दै युभेन्टसलाई २–० गोल गर्दै युभेन्टसलाई २–० गोलले जिताए ।

Image

जितसँगै युभेन्टसले शीर्ष क्लबहरूसँगको अङ्कदूरी घटाएको छ । १८ खेल खेलेको उसले ३६ अङ्क जोडेको छ । यस्तै ऊ चौथो स्थानमा उक्लिएको छ ।

बोलोग्ना भने २० अङ्कका साथ १३औं स्थानमा छ । उसले १९ खेल खेलेको छ ।

jackson ribon