birat ribon

प्रचण्ड–माधव समूहले प्रधानमन्त्री ओलीलाई साधारण सदस्यबाट हटायो

Neuro
प्रचण्ड–माधव समूहले प्रधानमन्त्री ओलीलाई साधारण सदस्यबाट हटायो

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा प्रचण्ड–माधव समूहले साधारण सदस्यबाट हटाएको छ ।

Padelux insider
cura insider

प्रतिनिधिसभा विघटनपछि नेकपा फुटेको छ । तर फुटले बैधानिकता पाएको छैन । केही दिनअघि स्पष्टीकरण सोधेको प्रचण्ड–माधव समूहको आइतबार बसेको स्थायी कमिटीको बैठकले प्रधानमन्त्री ओलीलाई साधारण सदस्यबाट हटाएको हो ।

नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीलाई सोधिएको स्पष्टीकरण सोधेको थियो । तर ओलीले जवाफ पेस गरेका थिएनन् । स्पष्टीकरणको जवाफ नआएको र पार्टीविपरीतका क्रियाकलाप जारी राखेकाले साधारण सदस्यबाटै हटाइएको स्थायी कमिटीको बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । नेकपा केन्द्रीय कमिटीले यसअघि ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको थियो ।

jackson ribon