birat ribon

आम्चोकभन्दा अग्लो डाँडा पुग्नु थिएन

Neuro
आम्चोकभन्दा अग्लो डाँडा पुग्नु थिएन

१० असोज २०५६ का दिन साबिकअनुसार बैकुन्ठे र धोधलेखानी गाउँ विकास समिति र हाल रामप्रसाद गाउँपालिकामा पर्ने होमतोक र कटुन्जेको सर्वेक्षण समाप्त गरी हाम्रो टोली पसल भन्ज्याङतर्फ लाग्यो ।

Padelux insider
cura insider

हामी नेपाल गाउँ हुँदै कटुन्जेको सिरान भएर, पुनः पामाखाम भन्ज्याङतर्फ लाग्यौँ । पसल भन्ज्याङ पुग्ने त्यस दिनको लक्ष्य थियो । पामखाम पुगी धिन्ताङको लेकाली बाक्लो जङ्गलको बाटोहुँदै माथि दुई हजार दुई सय मिटर उचाइमा रहेको भन्ज्याङ चौतारी पुग्यौँ ।

धिन्ताङ डाँडा यहाँको सर्वोच्च डाँडो हो । भन्ज्याङमा चौतारी छ, चौतारीबाट उत्तरतिर सावाखोला विशाल बेँसीका साथ खोटाङ बजार, सेल्मे, टेम्के डाँडा र त्यसको पृष्ठभूमिमा सगरमाथा तथा मकालु हिमाल शृङ्खला लहरै देखिन्छ । ढिङ्टाङ डाँडोको थुम्की त्यस भन्ज्याङ चौतारीबाट दुई सय मिटरमाथि पर्छ । यसलाई उहिले आम्चोक डाँडा भनिन्थ्यो र यसको उत्तर–दक्षिण–पूर्वको क्षेत्रलाई आम्चोक थुम भनी प्रशासन चलाइन्थ्यो । अचेल यस डाँडालाई मूलडाँडा र मुढेडाँडा भन्ने गरिँदोरहेछ ।

भन्ज्याङ चौतारीबाट उत्तरतर्फ देखिने सगरमाथासहित महालङ्गुर हिम–शृङ्खला । तस्बिर : देवान राई

यस क्षेत्रलाई हाल भोजपुर जिल्लाको आम्चोक गापामा पारिएको रहेछ । यहाँ केही घरहरू छन् । शेर्पाहरूको बस्ती छ । दक्षिणतिर भने बिस्तारै हात्तीगौँडे, सामाक्ताङ, वासिङ, थिनदिङ्खा, पूर्णेडाँडाहुँदै ओरालिँदै गई पूर्वतिर अरूण, पश्चिमतर्फ दूधकोसी र तमर नदीको सङ्गम त्रिवेणी घाटमा टुङ्गिन्छ ।

यो भन्ज्याङ भोजपुर र खोटाङ जिल्लालाई छुट्याउने सिमाना पनि हो । यहाँ निकै ठुल्ठुला घाँसे–चउरहरू छन् । उत्तरी पाटो सेपिलो परेकाले घना जङ्गल छ भने दक्षिण–पश्चिमपट्टि खुला तथा घमाइलो परेकोले घाँसे–चउर निकै छन् । यी घाँसे–चउरतिर भेडाचरन वा गौचरन तथा स–साना गाउँहरू छन् । यस क्षेत्रमा प्रशस्त काँचो कागज बनाउने अर्घेली पाइन्छ । सबै पारिस्थितिक पद्धतिको सर्वेक्षणपछि हामी ओरालो लाग्यौँ । अब योभन्दा अग्लो ठाउँँ पुग्नुछैन ।

एक किलोमिटर जति तल झरेपछि एक–दुईवटा घरहरू भेटिए । त्यहाँ जरुवापानी भएको सिमसार पनि रहेछ । त्यस सिमसारमा सर्वेक्षण गरेँ । त्यहाँबाट कालो खाले पाहा (काङमाक) तथा केही कालो पल्टने भ्यागुताहरू (युफ्लिक्टस साइनोफ्लिक्टस) रेकर्ड गरेँ ।

६ जनाको हाम्रो भ्रमण टोली पुनः अघि बढ्यो । यस क्षेत्रको बाटो निकै फराकिलो, झन्नै स–साना गाडी नै हिँड्न सक्ने जस्तो थियो । तर त्यो बेला (२०५७) सम्म जिल्लाको कुनै कुना पनि मोटर गाडीले छोएको थिएन ।

कालो पल्टने भ्यागुतो, अङ्ग्रेजीमा स्क्याट्रिङ पन्ड–फ्रग, वैज्ञानिक नाम युफ्ल्याक्टिस् साइनोफ्ल्याटस् ।

हाम्रो टिम ओरालो झर्दै राँके भन्ज्याङ पुग्यो । यो ठाउँ उहिलेदेखि नै साउने सङ्क्रान्तिमा ठुलो राँके बजार लाग्ने भएको हुँदा अहिले पनि सोही नामले प्रख्यात छ । त्यहाँबाट छना (काकी), भाउजू र विश्वराज बालाङ्खा तथा छोङ्खातर्फ लाग्नुभयो । बाँकी तीन जना हामी नातिलाई पुर्‍याउन छयाङ्तर्फ लाग्यौँ । हामी चुम्लुङमै भेट्ने सल्लाह भयो ।

त्यहाँबाट भीमाचोक भन्ज्याङ पुग्यौँ । यो भन्ज्याङ अति नै सुन्दर गेटजस्तो छ । दुवैतर्फ भुर्चुङ थुम्कीहरू र माझमा बाटो र चौतारी छ । यहाँ आइपुग्नासाथै एकैचोटि त्रिवेणी, चतरा, कोसीटप्पुको विशाल सिमसार, भारदह–भीमनगर बीचको विशाल पुल देखापर्छ । बाटो यहाँबाट देवानटार हुँदै सिम्ले पुल तरेर त्रिवेणी–घाट पुग्छ । यो भोजपुर क्षेत्रको ढोका हो ।

क्रमश :
मेरो अनुसन्धान यात्राबाट

jackson ribon