विराटनगर/अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुःख दिने नियतले पनि उजुरी आउने गरेको आयोगको क्षेत्रीय कार्यालय इटहरीका प्रमुख प्रकाश पौडलले बताएका छन् ।
प्रदेश प्रमुखलाई आयोगको २०७६–७७ को वार्षिक प्रतिवेदन बुझाउँदै उनले दुःख दिने नियतले केही उजुरी गोलमोटोल रूपमा आउने गरेको बताएका हुन् । गोलमोटोल रूपमा आउने उजुरीले अख्तियारको अनुसन्धानमा समेत समस्या निम्त्याउने उनले बताए ।
उजुरीकर्ताले तत्कालै छानबिन गरी टुङ्गोमा पुगोस् भन्ने चाहाना राख्ने गरेको बताउँदै उनले प्रक्रियागत रूपमा काम गर्दा टुङ्गोमा पु¥याउन ढिलो हुने गरेको बताए । उपभोक्ता समितिमार्फत हुने काममा आफूू समितिमा नपरेकै आधारमा समेत कतिपय उजुरी आउने गरेको उनको भनाइ छ ।
स्थानीय तहमा दक्ष जनशक्ति नहुँदा विकास निर्माणको काम गुणस्तर कम हुने गरेको, उपभोक्ता समितिले जिम्मा लिई पुनः ठेकेदारलाई नै जिम्मा दिने गरेको, सार्वजनिक निकायबाट वितरण हुने अनुदान पूर्ण रूपमा सदुपयोग हुने सुनिश्चितता कमजोर अवस्थामा रहेको बताए ।
वार्षिक प्रतिवेदन प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई बुझाउँदै उनले क्षेत्रीय कार्यालय इटहरीमा आर्थिक वर्ष २०७६–७७ मा (चारवटा उजुरी दर्ता भएको बताए । अघिल्लो आर्थिक वर्षबाट ७२ वटा जिम्मेवारी सरेर आएको बताउँदै उनले ४६ वटा उजुरी फछ्र्यौट गरेको बताए ।
उनका अनुसार आर्थिक वर्ष २०७६–७७ मा २० वटा स्ट्रिङ अप्रेसन गरिएको थियो । अप्रेसन गर्दा २४ जना पक्राउ परेका थिए, जसमा अधिकृत स्तरका चार, सहायक स्तरका १७, जनप्रतिनिधि १ र अन्य दुई जना पक्राउ परेका थिए ।
उनका अनुसार केन्द्रको प्रतिवेदन अनुसार सप्तरी र सिरहासहित गत आर्थिक वर्षमा १ हजार १७ उजरी परेका थिए ु। अघिल्लो आर्थिक वर्ष फछ्र्याैट हुन नसकेका आठ सय ६५ उजुरी जिम्मेवारी सरेर आएका थिए । तीमध्ये आठ सय ३४ उजुरी फछ्र्याैट भएका छन् । एक हजार ४८ फछ्यौट हुन बाँकी छन् ।
वार्षिक प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख अधिकारीले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न सुझाव दिए । अख्तियार प्राप्त व्यक्तिमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाच डगको रूपमा निगरानी गर्नुपर्ने उनले बताए । सुशासन कायम गर्ने सन्दर्भमा आयोगले आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको उनले बताए ।