birat ribon

खोप लगाएका मानिसले पनि भाइरस सार्न सक्छन्

Neuro
खोप लगाएका मानिसले पनि भाइरस सार्न सक्छन्

विराटनगर । कोभिडविरुद्ध खोप लगाएका मानिसले समेत अरूलाई कोरोना भाइरस सार्न सक्ने बताइएको छ । इङ्ग्ल्यान्डका एक वरिष्ठ स्वास्थ्य अधिकारीले कोभिडविरुद्ध खोप लगाएकाहरूले समेत अरूलाई कोरोना भाइरस सार्नसक्ने चेतावनी दिएका छन् ।

Padelux insider
cura insider

बीबीसीका अनुसार डेप्यूटी चिफ मेडिकल अफिसर तथा प्राध्यापक जोनाथन भ्यान टामले अझैसम्म पनि भाइरस प्रसारमा खोपको प्रभावकारीताबारे थाहा नभएको बताएका छन् ।

भ्यान टामका अनुसार खोपको विकासले आशा जगाए पनि कुनै खोप शतप्रतिशत प्रभावकारी देखिएको छैन । उनले खोप लगाएको दुईदेखि तीन हप्तासम्ममा भाइरसबाट सङ्क्रमित हुनसक्ने सम्भावना रहने बताएका छन् ।

खोपको दुवै मात्रा प्राप्त गरिसकेको अवस्थामा समेत एक मानिसले अरूलाई कोभिड सार्न सक्ने र यसले भाइरस फैलिने चक्रलाई निरन्तरता दिइरहने उनको भनाइ छ ।

खोपको प्रभाव पूर्ण रूपमा विकसित हुन दिन कम्तीमा तीन हप्ताको समय दिँदा उत्तम हुने उनी बताउँछन् । सरसफाइ र सावधानीमा उपाय नअपनाएको खण्डमा खोप लगाएकाले समेत अझै पनि भाइरस फैलाउन सक्छन् ।

jackson ribon