birat ribon

टूथब्रशलाई किटाणुमुक्त गर्नु कोभिडबाट सुरक्षित रहने उपाय, यसरी गर्न सकिन्छ किटाणुमुक्त

Neuro
टूथब्रशलाई किटाणुमुक्त गर्नु कोभिडबाट सुरक्षित रहने उपाय, यसरी गर्न सकिन्छ किटाणुमुक्त

विराटनगर । ब्राजिलियन अन्वेषकहरूले टूथब्रश किटाणुमुक्त गर्नु कोभिडको सङ्क्रमणबाट सुरक्षित रहने नयाँ उपाय हुनसक्ने पत्ता लगाएका छन् । सङ्क्रामक रोगहरूको जर्नलमा प्रकाशित अध्ययनमा अनुसन्धानकर्ताले टूथब्रशले सूक्ष्मजीवहरूको लागि जलाशयको रूपमा काम गर्नसक्ने उल्लेख गरिएको छ ।

Padelux insider
cura insider

जसले बिरामीबाट स्वस्थ व्यक्तिमा सजिलैसँग रोग सार्न सक्छ । कोरोना भाइरस धेरैजसो नाक, मुख वा थुकमा पाइने हुन्छ । जसकारण टुथब्रशलाई किटाणुरहित गर्नु र भाइरसको सङ्क्रणलाई नियन्त्रण गर्न मौखिक स्वच्छता कायम राख्न महत्त्वपूर्ण हुन्छ ।

कोरोनाका सङ्क्रमित बिरामी धेरै एसिम्प्टोमेटिक हुनसक्छन् । र, धेरैजसो घरमा सबैको टूथब्रशलाई एकै ठाउँ राखिएको पाइन्छ । जसले भाइरस फैलिन सक्छ ।

एउटै घरमा बस्नेहरूमा भाइरस फैलने सम्भावना धेरै उच्च हुन्छ । घरमा एकसाथ बस्ने र साझा बाथरूम प्रयोग गर्ने मानिसहरूका लागि ब्रशलाई किटाणुमुक्त गर्न महत्त्वपूर्ण हुन्छ ।

ब्राजिलका अन्वेषकहरूले टुथब्रशलाई किटाणुमुक्त गर्नको लागि यसलाई २० मिनेटको लागि माउथवाशमा डुबाउनु महत्त्वपूर्ण हुने निष्कर्ष निकालेका छन् । अघिल्लो अध्ययनमा, मुखमा उपस्थित भाइरल लोडलाई कम गर्नको लागि ३० सेकेन्डको लागि मात्र माउथवासले कुल्ला गर्नु पर्ने सुझाइएको थियो । तर, टूथब्रशमा ब्रिसल र ओसिलोताको कारण समय अधिक लाग्ने हुन्छ ।

टुथब्रशलाई माउथवासमा मात्र डुबाउनु सङ्क्रमणको जोखिम कम गर्न पर्याप्त हुँदैन । पूर्ण सुरक्षा सुनिश्चित गर्नका लागि यसको ह्यान्डललाई समेत किटाणुरहित गर्नुपर्ने बताइएको छ । यसको लागि स्यानिटाइजरले टुधब्रशको ह्यान्डललाई सफा गर्नुपर्छ । टूथब्रशलाई किटाणुरहित गर्नुका साथै आफ्नो र अरूको सुरक्षाका लागि यसलाई छुट्टै राख्नुपर्छ ।

jackson ribon