birat ribon

राष्ट्रपति र प्रधानमन्त्रीलाई संसद् भङ्ग गर्ने अधिकार छैन : पौडेल

Neuro
राष्ट्रपति र प्रधानमन्त्रीलाई संसद् भङ्ग गर्ने अधिकार छैन : पौडेल

विराटनगर/नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति र प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको बताएका छन् ।

Padelux insider
cura insider

गुराँस पुस्तकालय विराटनगरले आयोजना गरेको पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई संसद् विघटन गर्ने अधिकार नभएको बताए ।

उनले नेपाली कांग्रेसको स्पष्ट लाइन प्रतिनिधिसभा विघटनविरुद्ध रहेको बताए । ‘यो संविधानलाई भत्काउन खोजिँदै छ, हामी दिँदैनौँ, सङ्घर्ष गर्छाैं,’ उनले भने, ‘जनताले बनाएको प्रतिनिधिसभा भङ्ग गर्ने अधिकार केपी ओली र विद्या भण्डारीलाई छैन् ।’

नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनको खुलेर विरोध गरेका छैनन् । काङ्ग्रेसभित्र देउवा तत्काल सडकमा निस्कन नहुने पक्षमा छन् । रामचन्द्र पौडेलसहित अन्य नेता विरोधमा सडक सङ्घर्ष गर्नुपर्ने पक्षमा छन् ।

उनले पार्टीभित्र दुईवटा लाइन नभएको बताए । ‘साथीहरू पार्टीभित्र दुईवटा लाइन छ भन्नुहुन्छ,’ उनलेभने, ‘खै अर्काे लाइन कहाँ छ ? कांग्रेसको यही एउटा लाइन हो, यो लाइनमा नहिँड्ने जान्छन् ।’

पार्टीमा आउने–जानेक्रम चलिरहने उल्लेख गर्दै उनले पार्टीमा को आए, को गए भन्ने कुराले त्यति महत्त्व नराख्ने बताए । आदर्श र सिद्धान्तमा अडिनुपर्ने बताउँदै उनले राजनीतिक संस्कार सम्झन आग्रह गरे ।

jackson ribon