birat ribon

यसकारण रातको समयमा दम बढ्न सक्छ

Neuro
यसकारण रातको समयमा दम बढ्न सक्छ

विराटनगर । दम (अस्थमा) श्वासप्रश्वाससम्बन्धी देखिने समस्यामध्ये एक हो । दमको समस्या भएको व्यक्तिको श्वासनली र वरिपरिको मार्ग साँघुरो भई सुन्निएको हुन्छ । फोक्सोमा हावा जान कठिनाइ हुने कारणले सास फेर्न गाह्रो हुन्छ ।

Padelux insider
cura insider

दमको समस्या भएका मानिसलाई सास फेर्न गाह्रो हुने, खोकी, स्वाँस्वाँ हुने, घ्यारघ्यार हुने, सास फेर्दा सिटी बजेको जस्तो आवाज आउने, छातीमा दवाव परेको जस्तो अनुभव हुनेजस्ता लक्षण देखापर्ने हुन्छ ।

चिसो, वा एलर्जीको कारण दमको समस्या भएका मानिसलाई थप गाह्रो हुन सक्छ । तर, रातको समयमा दम बढ्नसक्ने कारण खोक्दा वा सास फेर्न असमर्थ हुनुले निन्द्रामा डिस्टर्ब गर्छ । दमको रोग भएका सबैलाई रातको समयमा गाह्रो अनुभव हुन्छ भन्ने हुँदैन, तर धेरैलाई रातिको समयमा दमले सताउने हुन्छ ।

दमको लगभग ३० देखि ७० प्रतिशत व्यक्तिमा रातको समयमा दमको अनुभव गर्छन्, वा रातमा दमको लक्षणहरू बढ्दै जाने हुनसक्छ । सुत्ने खाटमा हुनसक्ने एलर्जी निम्त्याउने कारक (धुलो, जनावरको रौँ वा छाला, कुरा आदि) ले पनि सुत्ने समयमा वा रातमा दमको समस्यालाई भड्काउन सक्छ ।

साथै, कोही मानिसलाई एलर्जी भएको समयमा भन्दा केही घण्टापछि प्रतिक्रिया देखाउने हुँदा दिउँसो वा साँझमा एलर्जी भएमा राति सुत्ने समयमा असर पुग्न सक्छ । ओछ्यानमा पल्टँदा पेटको एसिडलाई मुखतिर यात्रा गर्न सजिलो हुन्छ । केही तरल पदार्थ ठूलो वायुमार्गमा प्रवेश गर्न सक्छ र खोकी उत्पन्न गराउँन सक्छ ।

पेटको एसिडले वायुमार्गलाई सीमित गर्नसक्ने हुँदा यसले सास फेर्न गाह्रो बनाउँछ । त्यस्तै, सीधा पल्टँदा नाकको पदार्थ घाँटीमा झर्ने हुँदा यसले पनि खोकी निम्त्याउन सक्छ । सुत्ने बेलामा फोक्सोको कार्यमा परिवर्तन आउँदा पनि रातको समयमा दम रोगीलाई गाह्रो हुनसक्छ ।

दमको औषधिले रातको समयमा प्रभावकारिता गुमाउने हुँदा रातको समयमा दमको अनुभव गर्न सकिन्छ । साथै, तनावका कारण पनि रातको समयमा दमको समस्या बढ्ने वा दम रोगीलाई गाह्रो हुनसक्छ । दमको कारण राति निन्द्राको बीचमा उठ्नुपरेमा आफ्नो इनहेलर प्रयोग गर्नुपर्छ । दमको समस्या भएकाले आफ्नो इनहेलरलाई आफू नजिक नै राख्नु उचित हुन्छ ।

सीधा पल्टिनुभन्दा पनि सुताइको पोजिसन मिलाउनाले पनि सहयोग गर्न सक्छ । अत्यधिक खोकी लागेको केही व्यक्तिलाई पानी पिउँदा पनि राहत भएको हुनसक्छ । नियमित रूपमा रातिको समयमा दमका लक्षण अनुभव हुन थालेमा चिकित्सकसँग यस समस्याको बारेमा कुरा गर्नुपर्छ ।

jackson ribon