birat ribon

लो ब्लड प्रेसर हुने कारण, यी लक्षण देखिए जीवन जोखिममा पर्न सक्ने

Neuro
लो ब्लड प्रेसर हुने कारण, यी लक्षण देखिए जीवन जोखिममा पर्न सक्ने

विराटनगर/शरीरको रक्तचाप दिनभर फरक हुन्छ ।

Padelux insider
cura insider

१२०/८० लाई शरीरको सामान्य रक्तचाप मानिन्छ र योभन्दा कम रक्तचाप भएका मानिसलाई ब्लड प्रेसर लो भएको वा हाइपोटेन्सन भनिन्छ । खराब जीवनशैली, खानपान र व्यायामको ध्यान नदिँदा कम रक्तचापको समस्या हुन सक्छ । लो ब्लड प्रेसर हुँदा केही मानिसमा कुनै लक्षण देखाउँदैन जसकारण मानिसले सामान्यता केही ठूलो समस्या होइन सोची लापरवाही गर्ने गर्छन् ।

तर, शरीरको स्थिति, तनावको स्तर, शारीरिक अवस्था, औषधिको सेवन, खाना र पिउने बानी शरीरमा कम रक्तचापका लागि जिम्मेवार हुन्छन् । नुनको अत्यधिक सेवनले रक्तचाप बढ्ने हुँदा कम सेवनले रक्तचाप घट्ने सोचिन्छ । यो केही हदसम्म सत्य हो । सोडियम एक अत्यावश्यक इलेक्ट्रोलाइट हो जसले कोशिकाभित्र र वरपर पानी कायम राख्न मद्दत गर्छ ।

सोडियमको अपर्याप्त सेवनले पनि कम रक्तचाप निम्त्याउन सक्छ । शरीरमा पानीको मात्रा कम भएका डिहाइड्रेसन हुन सक्छ, जसले थकान, रिँगटा लाग्ने तथा कमजोरी निम्त्याउन सक्छ जसकारण रक्तचाप घट्ने गर्छ । त्यस्तै, केही मटुको समस्या, गर्भावस्था, अत्यधिक रक्तश्राव भएमा, शरीरमा रगतको कमी भएमा, थाइराइड तथा मधुमेहको समस्या भएकामा, कुनै सङ्क्रमण वा एलर्जी, शरीरमा पोषक तत्वको कमी (विशेष गरी भिटामिन बी १२ र फोलिक एसिड) ले प्रेसर लो हुने गर्छ । साथै, कुनै औषधिको सेवनले पनि प्रेसर लो हुनसक्ने हुँदा डाक्टरको सल्लाहबाहेक कुनै पनि औषधिको सेवन गर्नु हुँदैन ।

ब्लड प्रेसर लो हुँदा देखिने केही लक्षण यस्ता छन् :

– बेहोस हुने
– वाकवाकी हुने
– एकाग्रताको अभाव
– थकान
– धमिलो दृष्टि
– रिँगटा लाग्ने वा टाउको झुम्म हुने


तर, गम्भीर हाइपोटेन्सनले जीवनलाई जोखिममा पार्ने अवस्था निम्त्याउन सक्छ । मुटुको चाल बढ्ने, कमजोरी, भ्रम, छालाको रङ फिका भएमा, छिटो र लामो–लामो सास फेर्न थालेमा तत्काल ध्यान दिन जरुरी हुन्छ । साथै, लगातार लो ब्लड प्रेसरको समस्या भइरहे पनि निश्चित रूपमा चिकित्सकको सहायता लिनु पर्ने हुन्छ ।

jackson ribon