birat ribon

ओल्बाको नजरमा अजासु, दुर्मुखा, हुल्लडबाज, नर्कबासीहरू

Neuro
ओल्बाको नजरमा अजासु, दुर्मुखा, हुल्लडबाज, नर्कबासीहरू

कन्टिर–बाबूले एकपटक जर्ज ओरवेलको प्रसिद्ध पुस्तक एनिमल फार्म पढेका थिए । यसको नेपाली अनुवाद पनि उपलब्ध छ । कन्टिर–बाबू हिजो यो पुस्तक नपढेकालाई पढ्न र पढेकालाई यसमा भएका प्रसङ्गहरू सम्झिन आग्रह गर्छन् । यो पुस्तक पढेको र प्रसङ्ग सम्झेको खण्डमा वर्तमानमा ओल्बाको रजगज बुझ्न सहज हुने विश्वास कन्टिर–बाबूको छ ।

Padelux insider
cura insider

अहिले जसले कुनै सुझाव दिन्छ र आलोचना गर्छ वा आफूसँग चोचोमोचो मिलाउन्न, ओल्बाका दृष्टिमा ऊ गलत ठहरिन्छ र ओल्बा तिनलाई तथानाम बिल्ला भिडाउन थाल्छन् । उनले जे भने जे गरे सबैले स्वीकार्नुपर्ने रे ! सबैले मानिदिनुपर्ने रे ! सबले त्वम् शरणम् गरिदिनुपर्ने रे !
लोकतन्त्रमा यस्तो पनि हुन्छ ? ओरवेलको काल्पनिकपात्रको जस्तो लोकतन्त्रमा वास्तविक व्यवहार गर्न सम्भव छैन ।

अहिले सामाजिक सञ्जालमा ओल्बाले भिडाउने गरेको मान–पदवीबारे बडो चर्चा छ । पूर्वप्रधानन्यायाधीशहरू अजासु, अधिवक्ताहरू दुर्मुखा, वरिष्ठ अधिवक्ताहरू तमासा देखाउने बाजे, बुद्धिजीवीहरू झुन्ड, मन्त्रिपरिषद्का पूर्वसहकर्मी केटा, पार्टीका नेताहरू हुल्लडबाज, आफ्नो आलोचना गर्ने पत्रकारहरू नर्कबासी आदि–इत्यादि !

अनि ओल्बाको नजरमा कृष्ण पहाडीलगायत अधिकारकर्मीहरू डलरवादी, जसले हिजो राजाको डरले दलहरू दुलो पसेको बेला राजालाई चुनौती दिँदै मान्छे सडकमा उराल्न अग्र भूमिका निर्वाह गरेका थिए ।

जो अगुवा उही बाटो फोहोर गरुवा भनेको यही हो । विधिको शासन खोजेको भन्दै सरकारविरोधी कुरा गर्नेलाई लक्षित गरेर ओल्बाले पार्टीगत प्रशिक्षणका क्रममा नानाथरी उपाधि दिँदै, जग हँसाउँदै हिँड्छन् रे ! उनले नै यसरी नानाभाँती बोल्दै हिँडेपछि उनीबाट प्रशिक्षितहरूले के सिक्ने होला, के सिकाउने होला ?

कन्टिर–बाबूलाई ओल्बाको यो चाला मन परेको छैन तर उनी चाहन्छन्– ओल्बा आजको आफ्नो कुरामा भोलि पनि अडिइरहुन् । सधैँ त उनको बास बालुवाटारमा हुने होइन होला, एक दिन बालकोट फर्कने नै होला । अनि बल्ल आफूले आज बोलेका कुरा अथ्र्याउन उनलाई भोलि सहज होला ।

कि कसो अभिव्यक्ति स्वतन्त्रताका पक्षपाती हो ?

jackson ribon