birat ribon

शरीरमा हेमोग्लोबिन स्तर बढाउन यी कुरामा ध्यान दिन जरुरी

Neuro
शरीरमा हेमोग्लोबिन स्तर बढाउन यी कुरामा ध्यान दिन जरुरी

विराटनगर/स्वस्थ रहनका लागि शरीरमा सही मात्रामा हेमोग्लोबिन हुनु आवश्यक हुन्छ ।

Padelux insider
cura insider

एक वयस्क पुरुषको शरीरमा १४ देखि १८ ग्राम र एक वयस्क महिलाको शरीरमा १२ देखि १६ ग्राम हेमोग्लोबिन हुन्छ । तर, शरीरमा हेमोग्लोबिनको स्तर कम हुन गएमा थकान, कमजोरी, सास फेर्न गाह्रो हुने तथा एनिमियाजस्ता स्वास्थ्य समस्या देखिन सक्छन् । यस्तो अवस्थामा शरीरमा हेमोग्लोबिनको स्तर बढाउने र यसलाई कायम राख्न मद्दत गर्ने खाना समावेश गर्नु धेरै महत्त्वपूर्ण हुन्छ ।

आइरनको अभाव नै कम हेमोग्लोबिन स्तरको सामान्य कारणमध्ये एक हो । आइरन भएको खाना प्रशस्त मात्रामा सेवन गर्नुपर्ने हुन्छ । यसका लागि हरियो सागसब्जी, ताजा फलफूल, अण्डा, मासु, गेडागुडी, ड्राइ फ्रुट्सलगायतका खानालाई समावेश गर्न सकिन्छ । सही मात्रामा हेमोग्लोबिन बढाउन भिटामिन सी समृद्ध फलको सेवन गर्नु पर्छ ।

शरीरमा हेमोग्लोबिन बढाउन, आइरनले भरिएको खाना खानु धेरै महत्त्वपूर्ण छ, तर यसबाहेक धेरै कारणले गर्दा शरीरमा रहेको आइरन अवशोषित हुन पाउँदैन । शरीरमा भएको आइरनको अवशोषणमा मद्दत पुर्‍याउनका लागि भिटामिन सीयुक्त खाद्य पदार्थको सेवन बढाउनु पर्छ । साथै, आइरनको अवशोषण गर्ने क्षमतालाई रोक्नसक्ने खानाबाट टाढा रहनु पर्छ ।

विशेषगरी शरीरमा हेमोग्लोबिनको मात्रा कम हुनेहरूले कफी, चिया, गुलियो पेयपदार्थ, वाइन, बियर, आदिको सेवन गर्नु हुँदैन । शरीरमा रातो रक्तकोष निर्माण गर्न फोलिक एसिडको सेवन जरुरी हुन्छ । शरीरमा रातो रक्तकोषको मात्रामा कमी आएको कारण पनि हेमोग्लोबिनको मात्रा घटेको हुन सक्छ ।

खानपानका साधै शरीरमा हेमोग्लोबिनको मात्रा बढाउन व्यायाम गर्न पनि सिफारिस गरिन्छ । व्यायाम गर्द शरीरभरि अक्सिजनको बढ्दो मागको पूर्ति हुन्छ जसले अधिक हेमोग्लोबिन उत्पादन गर्न मद्दत गर्छ ।

jackson ribon