birat ribon

यी लक्षण देखिए कोभिड छालामा पनि फैलिएको हुन सक्ने

Neuro
यी लक्षण देखिए कोभिड छालामा पनि फैलिएको हुन सक्ने

विराटनगर/कोभिडको सङ्क्रमणले श्वासप्रश्वासको समस्यामात्र नभएर अन्य धेरै समस्या निम्त्याउन सक्छ ।

Padelux insider
cura insider

तीमध्ये छालामा हुन सक्ने समस्या पनि एक हो । सामान्य ¥यास, एलर्जी, छालामा रातोपन र फोका अक्सर गम्भीर कोभिडको सङ्केतको रूपमा लिन सकिन्छ । करिब छमध्ये एक बिरामीलाई छालामा गम्भीर लक्षण देखापर्न सक्ने हुँदा अस्पताल जानु आवश्यक पर्छ । साथै, सङ्क्रमणबाट निको भइसकेका पनि महिनौँसम्म पनि छालामा सामान्यदेखि गम्भीर प्रवृत्तिका विभिन्न लक्षण देखाइरहेको हुनसक्छ ।

र, छालामा देखापरेमा यी लक्षणलाई हल्का रुपमा लिनु हुँदैन । कोभिड सङ्क्रमित धेरै व्यक्तिमा, भाइरस रगतका नसामा फैलिन्छ जसले सुजन पैदा गर्न सक्छ, र यो छालामा देखा पर्छ । यसले र्‍यासेज निम्त्याउन सक्छ, जुन कहिले काहीँ ‘रातो, सुन्निने र चिलाउने’ हुन सक्छ । शरीरमा भाइरस फैलिएका कारण इन्फ्लेमेसन (सुजन) को परिणामस्वरूप कोभिड टोज हुन सक्छ जसमा हात र खुट्टाका औँला सुन्निने, घाउ हुने वा रङ परिवर्तन हुन सक्छ ।

यो धेरैजसो जाडोमा देखिने हातखुट्टाको समस्या जस्तै हुन् जुन पहिले बच्चाहरूमा मात्र देखिएको थियो । तर, हाल यो समस्या वयस्कमा पनि देखापरिरेहको छ । कोभिड टोजको समस्या देखिएकामा छालामा फोका आउने, चिलाउने, दुखाइ हुने वा छाला खस्रो हुने पनि हुन सक्छ । कोरोना भाइरस सङ्क्रमितमा ओठ फुट्ने समस्या पनि हुन सक्ने बताइएको छ ।

सङ्क्रमणको बेलामा ओठ सुक्खा हुनु, ओठ फुट्नु सामान्य हुन सक्छ र दुखाइ पनि मुखभित्र पनि फैलिन सक्छ । यो सम्भावित छालाको ड्राइनेस र छालाहरूको सङ्क्रमण हो जुन भाइरसको संक्रमणसँगै हुन्छ । डिहाइड्रेसन भएको कारण वा सङ्क्रमणबाट निको भएपछि पर्याप्त पोषण प्राप्त नगरेको खण्डमा पनि ओठ सुक्खा हुन सक्छ ।

ओठ निलो हुनु, जुन धेरैजसो शरीरमा अक्सिजन अभावको कारणले हुन्छ । जुन चेतावनीको सङ्केत हुन सक्छ । श्वासप्रश्वासको समस्या, मोटापनालगायत स्वास्थ्यमा रोग प्रतिरोध क्षमतालाई असर गर्न पहिलेबाटै कुनै न कुनै समस्या भएकालाई दीर्घ कोभिडको जोखिम हुने सम्भावना बढी हुन्छ । मधुमेह बिरामी छालाको सङ्क्रमणको उच्च जोखिममा हुने हुँदा कोभिडबाट निको भए पनि उनीहरूले थप ध्यान दिन आवश्यक छ ।

jackson ribon