birat ribon

कोरोनाबाट विदेशमा थप ९ जनाको मृत्यु

Neuro
कोरोनाबाट विदेशमा थप ९ जनाको मृत्यु

लन्डन/कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणबाट विदेशमा थप ९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता युकेमा ४ जना, कुवेतमा ३ जना, पोर्चुगलमा १ जना र मलेसियामा १ जनाको निधन भएको हो ।

Padelux insider
cura insider

गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो सँगै विदेशमा कोरोना भाइरसबाट विदेशमा मृत्युु हुनेको सङ्ख्या ३ सय २७ पुगेको छ ।

सङ्घको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५६ हजार २६ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये ५३ हजार ४ सय ३२ जना कोरोनामुक्त भएका छन् । समितिका अनुसार यो साता बेलायत, पोर्तुगल, स्पेन, पोल्यान्ड, मलेसिया, जापानलगायत मध्यपूर्वका देशमा रहेका थप नेपालीहरूमा कोरोना सङ्क्रमण देखिएको छ ।

एक सातामा औसतमा २ हजार नेपाली सङ्क्रमित
गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिले एक सातामा औसतमा २ हजार नेपाली सङ्क्रमित हुने गरेको जनाएको छ । सो आधारमा एक महिनामा औसतमा ८ हजार नेपाली सङ्क्रमित हुने गरेको समितिका संयोजक सञ्जिव सापकोटाले जानकारी दिए ।

सोही अवधिमा औसतमा एक महिनाको अवधिमा ४ हजार जना सङ्क्रमणमुक्त हुने आँकलन गरेको डा. सापकोटाले बताए ।

स्वास्थ्य समितिले विश्वका विभिन्न मुलुकमा खोप अभियान सुरु भइसके पनि नेपाललगायतका नेपाली भएका कैयौँ मुलुकमा खोप अभियान सुरु नभएकाले सावधानी अपनाउन आग्रह गरेको छ ।

jackson ribon