काठमाडौँ/गायक प्रमोद खरेलको ‘फूल सम्झेर रोएँ’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा कस्तुप पन्तको शब्द तथा सङ्गीत रहेको छ ।
मोडल समिर खान, आरुषी परियार र नवीन गिरीले भिडियोमा अभिनय गरेका छन् ।
निशान एसकेको सम्पादन तथा निर्देशन, किरण चैसिरको छायांकन रहेको भिडियोको कथा र परिकल्पना मोडल समिर खानको छ ।