birat ribon

मिलानलाई उसैको घरमा अटलान्टाले सहजै हरायो

Neuro
मिलानलाई उसैको घरमा अटलान्टाले सहजै हरायो

विराटनगर । इटालियन सिरी ‘ए’मा लिग लिडर एसी मिलानमाथि अटलान्टाले सहज जित निकालेको छ । शनिबार राति मिलानलाई अटलान्टाले उसैको घरमा ३–० गोलले सहजै हराएको हो ।

Padelux insider
cura insider

सान सिरोमा अटलान्टालाई जिताउन क्रिस्टियन रोमेरो, जोसिप लिकिक र डुभान जापटाले समान एक–एक गोल गरे । खेलको २६औं मिनेटमा रोमेरोले गोल गर्दै अटलान्टालाई सुरुआती अग्रता दिलाए ।

५३औं मिनेटमा लिकिकले पेनाल्टीमा गोल गर्दै अटलान्टको अग्रता दोब्बर बनाए । ७७औं मिनेटमा जापटाले गोल गरेपछि अटलान्टा ३–० गोलले विजयी भयो ।

यसै खेलबाट मारियो मान्डजुकिकले मिलानबाट डेब्यू गरे । युभेन्टसका पूर्वस्टार मान्डजुकिकको डेब्यू खेलमै मिलान स्तब्ध भएको हो ।

जितसँगै अटलान्टाले १९ खेलमा ३६ अङ्क जोडेको छ । ऊ अङ्कतालिकाको चौथो स्थानमा छ । शीर्ष स्थानमा रहेको मिलानसँग ४३ अङ्क छ ।

jackson ribon