birat ribon

सिटी एफए कपको पाँचौं चरणमा

Neuro
सिटी एफए कपको पाँचौं चरणमा

विराटनगर । म्यानचेस्टर सिटी एफए कपको पाँचौं चरणमा प्रवेश गरेको छ । शनिबार राति भएको चौथो राउन्डको खेलमा केल्टनहममाथि ३–१ गोलान्तरको जित निकाल्दै सिटी अघिल्लो चरणमा प्रवेश गरेको हो ।

Padelux insider
cura insider

ह्वाडन रोडमा सिटीले कमब्याक जित निकालेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ५९औं मिनेटमा अल्फी मेले गोल गर्दै केल्टनह्यामलाई सुरुआती अग्रता दिलाएका थिए ।

८१औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई खेलमा फर्काए । त्यसको तीन मिनेट नबित्दै ग्राबियल जेससले गोल गर्दै सिटीलाई अग्रता दिलाए ।

इन्ज्युरी समयमा फेरान टोरेसले गोल गरेपछि सिटी ३–१ गोलले विजयी भयो ।

jackson ribon