birat ribon

रियलको जितमा बेन्जेमाको दुई गोल

Neuro
रियलको जितमा बेन्जेमाको दुई गोल

विराटनगर । स्पेनिस ला लिगामा साविक विजेता रियल मड्रिडले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले अलाभेसमाथि ४–१ गोलको जित निकालेको हो ।

Padelux insider
cura insider

अलाभेसको मैदानमा रियललाई जिताउन करिम बेन्जेमाले दुई गोल गर्दा क्यासेमिरो र इडेन हाजार्डले समान एक–एक गोल गरे । अलाभेसका जोसेलुले एक गोल गरे ।

क्यासेमिरोले खेलको १५औं मिनेटमा गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए । ४१औं मिनेटमा बेन्जेमाले गोल गर्दै रियलको अग्रता दोब्बर बनाए ।

पहिलो हाफको इन्ज्युरी समयमा हाजार्डले गोल गरेपछि रियलले आफ्नो अग्रता तेब्बर बनायो । ५९औं मिनेटमा जोसेलुले गोल गर्दै घरेलु टोलीलाई ३–१ गोलको अवस्थामा फर्काए ।

७०औं मिनेटमा बेन्जेमाले गोल गर्दै रियललाई ४–१ गोलको जित दिलाए ।

जितसँगै दोस्रो स्थानको रियलले १९ खेलमा ४० अङ्क जोडेको छ । रियल एथ्लेटिको मड्रिडभन्दा चार अङ्कले पछि परेको छ । १७ खेल खेलेको एथ्लेटिको ४४ अङ्कका साथ शीर्ष स्थानमा छ ।

अलाभेस भने १७औं स्थानमा छ । २० खेल खेलेको अलाभेससँग १८ अङ्क छ ।

jackson ribon