birat ribon

वरिष्ठ पत्रकारसहित चार जनालाई दधिराज सुवेदी पुरस्कार

Neuro
वरिष्ठ पत्रकारसहित चार जनालाई दधिराज सुवेदी पुरस्कार

विराटनगर । वरिष्ठ पत्रकार हरिहर विरही र मोहन भण्डारीसहित चार जनालाई दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानले पुरस्कृत गरेको छ ।

Padelux insider
cura insider

विराटनगरमा आयोजित पुरस्कार वितरण समारोहमा उद्घोष दैनिकका सम्पादक भण्डारीसहित वरिष्ठ पत्रकार विरहीलाई जनही २१ हजार रुपैयाँ राशीको दधिराज सुवेदी रााष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।

कोरोना महामारीका कारण रोकिएको बर्ष २०७६ को पत्रकारिता पुरस्कार भण्डारी र २०७७ को विरहीलाई प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले भाषा साहित्य तर्फ जनही ५१ हजार रुपैयाँ राशीको दधिराज सुवेदी विशिष्ट भाषा साहित्य पुरस्कार २०७६ साहित्यकार विष्णुविभु घिमिरे र वर्ष २०७७ को पुरस्कार शंकर कोइरालालाई प्रदान गरिएको छ ।

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पुरस्कार व्यक्तित्वहरुलाई पुरस्कार, प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

jackson ribon