birat ribon

सदभाव सहकारी ११ वर्षमा

Neuro
सदभाव सहकारी ११ वर्षमा

विराटनगर । सदभाव बचत तथा ऋण सहकारी संस्थाको ११ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । शनिबार सहकारीले आफ्नै भवनमा साधारणसभा सम्पन्न गरेको हो । साधारणसभामा सहकारीले १२ लाख २९ हजार ५ सय २७ रुपैयाँ मुनाफा गरेको जानकारी गराइएको थियो ।

Padelux insider
cura insider

६ करोड ९६ लाख १८ हजार ६ सय ५१ रुपैयाँ लगानी गरेकाे सहकारीले गत वर्ष १ करोड २८ लाख ९८ हजार ८० रुपैयाँ आम्दानी गर्दा १ करोड १६ लाख ३ हजार ८ सय ५२ रुपैयाँ खर्च गरेको संस्थाका अध्यक्ष कमलेश्वर ठाकुरले बताए ।

सहकारीमा ९ सय ७० शेयर सदस्य छन । संस्थाले रंगेली नगरपालिका , सुनवर्सी नगरपालिका , धनपालथान गाउँपालिकाका क्षेत्रमा कृषि, शैक्षिक, व्यवसाय क्षेत्रमा लगानी गरेको छ ।

साधारणसभाकाे अवसरमा संस्थाले एभिन्युज टेलिभिजनका मोरङ प्रतिनिधि रबिन्द्र बराललाई सम्मान गरेको थियो । त्यस्तै सस्थाले जेष्ठ सेयर सदस्य केशव गङ्गोत्री, सत्यभमा साहलाई पनि सम्मान गरेको छ ।

कार्यक्रममा प्रदेश नम्बर १ का सहकारी बिभागका रजिस्टार बलराम निरौला , रंगेली नगरपालिका मेयर दिलिप बगडिया, तोयानाथ तिमल्सिना , रिपब्लिक हेराल्ड मिडियाका अध्यक्ष प्रभात खड्का, सामुदाय प्रहरी सेवाका अध्यक्ष मचिन्द्र कटुवाललगायतको उपस्थीति थियो ।

jackson ribon