birat ribon

कोरोना अपडेट : देशभर साढे तीन हजार सक्रिय सङ्क्रमित,थप आठ जनाको मृत्यु

Neuro
कोरोना अपडेट : देशभर साढे तीन हजार सक्रिय सङ्क्रमित,थप आठ जनाको मृत्यु

विराटनगर/नेपालमा थप दुई सय ३२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा तीन हजार पाँच सय ४१ नमुना परीक्षण गर्दा ९१ महिलासहित दुई सय २३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

Padelux insider
cura insider

यससँगै सङ्क्रमितको सङ्ख्या दुई लाख ६९ हजार एक सय ८० पुगेको छ । तीमध्ये दुई लाख ६३ हजार सात सय ३४ जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा थप आठ जनाको मृत्यु भएको छ । यो सँगै मृतकको सङ्ख्या एक हजार नौ सय ९४ पुगेको छ ।

हाल देशभर तीन हजार चार सय ५२ सक्रिय सङ्क्रमित छन् । तीमध्ये सात सय ७८ जना संस्थागत आइसोलेसनमा छन् । एक सय ४७ जनाको आइसियू र २६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

jackson ribon