विराटनगर । पछिल्लो एकसातामा प्रदेश १ मा ४९ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार माघ ४ गते आईतबार देखि माघ १० गते शनिबारसम्म ४९ जना कोरोना सङ्क्रमित थपिएका हुन् ।
एकसाताको अवधिमा मोरङमा १६, झापामा १०, सुनसरीमा ९, संखुवासभा र भोजपुरमा २–२ र इलाम र पाँचथर १–१ र प्रदेश १ बाहिरका ८ जनामा सङ्क्रमण देखिएको छ । यो सँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ३० हजार १ सय १९ पुगेको छ ।
एक सातामा १०२ जना डिस्चार्ज भएका छन् । हालसम्म २९ हजार ५५८ जना डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ९६ जना रहेको छ ।
एकसातामा १ हजार ७९६ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म २ लाख १५ हजार ४८२ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।