birat ribon

प्रधानमन्त्रीलाई रामचन्द्रको प्रश्न : मुलुकमा आगो लगाएर बाँसुरी बजाउँदै बस्ने ?

Neuro
प्रधानमन्त्रीलाई रामचन्द्रको प्रश्न : मुलुकमा आगो लगाएर बाँसुरी बजाउँदै बस्ने ?

विराटनगर । नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा आगो लगाएर बाँसुरी बजाएर बसेको बताएका छन् । विराटनगरमा दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानले आयोजना गरेको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा आगो लगाएर प्रधानमन्त्री ओली बाँसुरी बजाएर बसेको बताएका हुन् ।

Padelux insider
cura insider

‘देशमा आगो लगाएर बाँसुरी बजाउने निरो बन्न खोज्नु भएकाे हो केपी ओलीले ?’ उनले भने ‘ देशमा आगो लगाएर बडा ठूला भाषण गर्नुहुन्छ ।’ केपी ओलीका कारण देशमा गम्भिर अवस्था आएको बताएका छन् ।

कार्यक्रममा उनले सभापति शेरबहादुर देउवाप्रति लक्षित गर्दै देशमा एउटा नेता खोजीरहेको बताएका छन् । प्रधानमन्त्री केपी ओलीको कदम विरुद्ध कांग्रेस सभापति देउवा खुलेर आएका छैनन् ।

देउवा प्रति लक्षित गर्दै विराटनगरमा रामचन्द्र पौडेलले देशमा एउटा नेता खोजिरहेको बताएका हुन् । ‘ एकजना कसैले लेख्नु भएको छ‘ यो देशमा म एउटा मानिस खोजीरहेछु,’ पौडेलले भने ‘ मलाई भन्न मन लाग्छ यो देशमा म त्यस्ता नेताहरु खोजिरहेछु ।’

उनले अदालतले अब जनताको आवाज सुन्नु पर्ने बताएका छन् । संविधान अध्ययन गरेर अदालतले जनतालाई सुन्नु पर्ने बताए । संविधान नहेरी राजनीतिक निर्णय भन्न नमिल्ने उनको भनाई छ ।

jackson ribon