birat ribon

किस्ताको कम्प्युटर

Neuro
किस्ताको कम्प्युटर
पेशल आचार्य

कम्प्युटरको जमाना आयो । गाउँघरमा जताततै कम्प्युटर किन्ने एक प्रकारको फेसनजस्तो भएको थियो । हुनेखानेले त असल जातकै ब्रान्डेड कम्प्युटर किन्थे । आम्दानी राम्रो हुने र धेरै काम गर्नु पर्नेहरू नयाँनयाँ मोडेलका ल्यापटप नै खोज्थे । किन्न नसक्नेहरू चाहिँ छिमेकीका घरमा ल्याएको कम्प्युटर हेरी चित्त बुझाउँथे ।

Padelux insider
cura insider

लिपिका घरमा ऊ र उसका भाइहरू पनि बाआमालाई कम्प्युटर किनिदिनु भनी कर्कर्कर्कर् गर्न थालेका थिए । निकै वर्षदेखि थाँती रहेकोे थियो उनीहरूको कम्प्युटर सिक्ने रहर । उता स्कुलमा कक्षा ९ बाट कम्प्युटर कक्षा सुरू भएको थियो । यता लिपि यसपालि कक्षा ८ मा गएकी थिई । उसको ठूलो भाइ शब्द कक्षा ५ मा र सानो भाइ वाक्यचाहिँ कक्षा ३ मा पढ्थ्यो ।

लिपि त्यस घरकी जेठी छोरी थिई । ऊ पढ्न र लेख्नमा धेरै तेज थिई । ऊ आफ्ना भाइबहिनीलाई उनीहरूले नजानेको सबै कुरा सिकाउँथी । उसले विद्यालयमा कहिले पनि दोस्रो हुनु परेन । विद्यालयमा हुने अतिरिक्त क्रियाकलापहरूमा पनि ऊ सधैँ सहभागी हुन्थी । शिक्षकहरूले लिपिलाई माया गर्थे । मेधावी लिपिलाई कक्षा ९ मा कम्प्युटर विज्ञान लिएर पढ्ने खूब धोको थियो । ऊ आघौँसाल कम्प्युटर विषय रोज्ने विचारमा थिई । यसैगरी दिन बित्दै गए ।

शब्द र वाक्य पनि दिदीको परिश्रम र लगनशीलताले गर्दा धेरै मन लगाएर पढ्थे । आफ्ना तीनवटै केटाकेटीहरू यसरी पढाइलेखाइमा दत्तचित्त भएको देख्दा बाआमा दुवै हर्षित थिए । उनीहरूले पनि छोराछोरीलाई कम्प्युटर नकिन्ने नै त भनिहालेका थिएनन् तर उनीहरूसँग एकैचोटी त्यत्रो तीस–चालीस हजार एकमुष्ठ रूपैयाँ निकाल्ने साबगास थिएन । घरमा बूढाबूढी मात्रै हुँदा बाउचाहिँ कुरा गर्थे–‘छोराछोरीहरूलाई योग्य र शिक्षित बनाउने दायित्व हाम्रै भएकाले अर्को साल त थुकतेल गरेरै पनि एउटा कम्प्युटर त किन्नै पर्छ ।’ आमा स्वीकृतिको सूचक टाउको मात्र हल्लाउँथिन् ।

अबदेखि तिमीहरूले दसैँ–तिहारमा पाएको दक्षिणा र औंशी–पूर्णिमामा टीका लाएर पाएको पैसा एक–एक जम्मा पारी एक वर्षसम्ममा एउटा कम्प्युटर किन्नुपर्छ है !

लिपिका बाबु विश्वास सानोतिनो सरकारी जागिरे थिए । उनको कमाइले घर चलाउन पनि धौधौ थियो । त्यसैले लिपिकी आमाले बजारमा एउटा सानो लुगा सिलाउने पसल चलाएकी थिइन् । जमाना अब काम गरेर खानेखालको आएको थियो । पुरानो जातअनुसारको पेसा हुन्छ भन्ने मान्यता अब समाजबाट क्रमशः हट्दै गएको थियो । मानिसहरू आफूखुसी पेसाको चयन गर्थे । समयले ल्याएको यो परिवर्तनलाई समाजले मान्यता दिइसकेको थियो । त्यसैले लिपिकी आमाको कामलाई पनि त्यस समाजका मानिसले राम्रो दृष्टिले हेरेका थिए ।

‘मानिसको दुई जात, कामको एउटै जात’– विश्वास छोराछोरीहरूलाई सम्झाउँदै कहिलेकाहीँ प्रसङ्ग मिलाएर भन्ने गर्थे ।

आमाको नाउँचाहिँ आस्था थियो । आस्था र विश्वास आफ्ना सबै सुखदुःखका कामहरू आफैँ बाँडेर गर्ने गर्थे । छोराछोरीले पनि उनीहरूलाई घरव्यवहारमा राम्रैसँग सघाएका थिए ।

एकदिन विश्वासले सबै भएका बेला एउटा प्रस्ताव राखे– ‘अबदेखि तिमीहरूले दसैँ–तिहारमा पाएको दक्षिणा र औंशी–पूर्णिमामा टीका लाएर पाएको पैसा एक–एक जम्मा पारी एक वर्षसम्ममा एउटा कम्प्युटर किन्नुपर्छ है !’ सबैले स्वीकृतिको सूचक टाउको हल्लाए । बाआमाले पनि महिनाको पाँच सय रूपैयाँ स्थानीय बचत सहकारी संस्थामा जम्मा गरिदिने मेलो मिलाएका थिए ।

कम्प्युटर किन्ने रहर त्यसघरमा पलाउँदै गएको थियो । केटाकेटीहरू पनि थुकतेल गरेर आफ्नो पेवापात जम्मा गर्न थाले । समय बित्दै गयो । लगभग तीन वर्षको प्रतीक्षापछि लिपि र उनका भाइहरूको रहर पूरा भयो । बाले काठमाडाँैबाट एउटा राम्रो मोडलको कम्प्युटर किनेर घरमा ल्याइदिए ।

वाक्यले त्यस दिन कम्प्युटर हेरेरै दिन बितायो । उसले हर्कले राम्ररी खाना पनि खाएन । लिपि र ठूलो भाइ शब्दचाहिँ अब रुटिन बनाएर कम्प्युटरमा विभिन्न किसिमका सीप सिक्ने र चित्रहरू बनाउने गर्थे । यसबीच लिपि हाइस्कुलको शिक्षा पूरा गरी स्थानीय क्याम्पसमा कक्षा एघारमा पढ्न थाली । भाइहरू शब्द र वाक्य भने क्रमशः कक्षा ८ र कक्षा ६ मा पुगे ।

‘थोपाथोपा मिलेर नै नदी बन्ने गर्छ’– आमा आस्था भन्ने गर्थिन् । केटाकेटीको लगानी भएको कम्प्युटर भएकाले उनीहरूले नै त्यसलाई खोल्ने चलाउने नियम बनाएका थिए । बाआमा त हप्ताको एक दिन शनिबार मात्रै यसो के रहेछ भनी कम्प्युटरमा बस्ने गर्थे ।

छुरा भएका थिए– लिपि र वाक्यहरू कम्प्युटर प्रयोगमा । विद्यालयमा पनि सैद्धान्तिक ज्ञान दिइने भएकाले शब्द र वाक्यहरू खुरूरूरू कम्प्युटरमा टाइप गर्थे । उनीहरू च्याम्पियन भएका थिए । आमा पनि आफ्नो सिलाइको केही काम भए कम्प्युटरमै गर्थिन् । बा पनि अफिसको फाट्टफुट्ट केही काम पाए घरमै ल्याउँथे । यसरी त्यो किस्ताको कम्प्युटर त्यस घरमा सबैलाई आफ्नो खनखाँचो काम टार्ने माध्यम बनेको थियो ।

‘हाम्रा साथीहरू त सुरूसुरूमा कम्प्युटरमा बस्दा हातका औंला कमाउँथे ।’– वाक्य दिदी लिपिलाई भन्थ्यो । लिपि पनि उसलाई सम्झाउँथी– ‘बानी नपरून्जेल त्यस्तै हो, पछि आफैँ ठिक हुन्छ । कम्प्युटरमा काम गर्न जानेपछि हातले कुनै पनि काम गर्नै मन लाग्दैन ।’

केही समयको अन्तरालमा उनीहरूका घरमा टेलिफोन पनि जडान गरियो । त्यसपछि उनीहरूले इन्टरनेट जोडे । इमेल सिके । गुगल र युटुबमा खोजेर पढाइलेखाइका सबैखाले कामहरू उनीहरू कम्प्युटरमै गर्न थाले ।

त्यसको ठीक दुई वर्षपछि लिपिकी एउटी साथी विद्यार्थी भिसा पाएर अमेरिका पढ्न गई । लिपिले उसको इमेल ठेगाना राखेकी थिई । ऊ आफ्नी साथीलाई बेलाबेलामा अमेरिका इमेलमा खबर गरिरहन्थी । साथीले पनि आवश्यक सबै कुरा तयारी गर्न लिपिलाई सिकाइछिन् । ‘प्लस् टु’ पास गरेर लिपि स्थानीय कम्प्युटर सिकाउने संस्थामा काम गर्न थालेकी थिई । उसका भाइहरू पनि अब कलेज पढ्ने भइसकेका थिए ।

‘बानी नपरून्जेल त्यस्तै हो, पछि आफैँ ठिक हुन्छ । कम्प्युटरमा काम गर्न जानेपछि हातले कुनै पनि काम गर्नै मन लाग्दैन ।’

एक दिन लिपि खुसी हुँदै घर आई । खुसीको विषय पछि थाहा भयो । उसलाई अमेरिका गएकी उसकी साथीले कलेजको लागि भर्ना हुन सजिलो हुने ‘आई.ट्वान्टी’ पठाइदिएकी रहिछ । उसले बाआमासँग राम्रो विषय पढ्न जान पाइने रहेछ भने अमेरिका जानु पर्ला भन्ने प्रस्ताव राखी । आमाबाले चाहिँ छोरी मान्छे त्यति टाढा किन जाने ? नजानू, भनी मान्नु भएको थिएन तर भाइहरूले दिदी गएपछि आफूहरूलाई पनि सजिलो हुने भएकाले धेरै जिद्दी गरे ।

अन्तमा आमाबाको केही जोड लागेन । लिपिले पत्राचार गर्दै रही । त्यही सालको मङ्सिरमा उसले बोस्टन विश्वविद्यालयमा कम्प्युटर विज्ञानमा नाम निकाली । तुरुन्तै भिसा मिल्यो । ऊ जाने निश्चयमा पुगी । तयारी हुन थाल्यो । बाले सञ्चयकोषबाट ऋण सापटी लिएर लिपिलाई अमेरिका पढ्न पठाए ।

लिपिको निधारमा आमाबाले रातो टीका लगाइदिए । विमानस्थलसम्म पु¥याउन जहानै गए । आवश्यक चेकजाँच भयो । तोकिएको समयमा प्लेन उड्यो । लिपिका बाआमाका आँखा रसाए । आमा आस्थाले चाहिँ मातृवात्सल्यता देखाउँदै सारीको सप्कोले आँसु पुछिन् । भाइहरूको मन पनि गह्रौं भएर आयो तर बा विश्वास भने छोरीको सफलतामा गद्गद् भएका थिए ।

एकएक रूपैयाँ जम्मा गरेर किनेको किस्ताको कम्प्युटरले गर्दा आज लिपि संसारकै प्रसिद्ध कलेजमा कम्प्युटर साइन्समा डिप्लोमा गर्न अमेरिका उडी । ‘थोपा थोपा मिलेर नदी बन्छ’ भन्ने कुरा दुवै भाइले अहिले यतिखेर भने मज्जैले थाहा पाए । उनीहरू धेरै खुसी देखिन्थे ।

‘असल चिजमा हालेको धनले भविष्य सपार्दो रहेछ’– बाबु विश्वासमा मनमनै यसरी एउटा दह्रो विश्वास त्यसैबेला वीजाङ्कुरण भयो । लिपिलाई अमेरिकाका लागि उडाएर परिवारका चारैजना सदस्यहरू आफ्नो घर फर्के ।

jackson ribon