विराटनगर । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावकाे पक्षमा उभिने बताएका छन् ।
शनिबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले अविश्वासको प्रस्तावकाे पक्षमा उभिने बताएका हुन् ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राई नेकपा प्रचण्ड–माधव समूहले अविश्वासको प्रस्ताव दर्ता गराएको छ । प्रस्ताव दर्ता भएपछि नेकपाको कुन पक्षमा उभिने भन्ने कांग्रेस भित्र विवाद छ । वरिष्ठ नेता पौडेलले अविश्वासको प्रस्तावको पक्षमा उभिने बताएका हुन् । अविश्वासको प्रस्तावमा उभिने बताउँदै उनले सरकारमा सहभागिताका विषयमा पछि निर्णय गर्ने बताए ।
‘अविश्वासको प्रस्ताव आयो भने अहिलेको सत्ताको खिलापमा जान्छौँ’ उनले भने ‘ केन्द्रमा पनि छायाँ सरकार बनाएका छौं । यहाँ पनि हामी प्रतिपक्षी हाैँ । प्रतिपक्षीको भूमिका निभाउछौं ।’