birat ribon

लागूऔषधसहित चार जना पक्राउ

Neuro
लागूऔषधसहित चार जना पक्राउ

विराटनगर । लागूऔषधसहित चार जना पक्राउ परेका छन् । मोरङ र झापाबाट चार जना पक्राउ परेका हुन् ।

Padelux insider
cura insider

विराटनगर– १९ स्थीत सीमावर्ती क्षेत्रबाट एक भारतिय महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा भारत अररिया जोगवनी– ४ की ४० वर्षीया लक्ष्मीदेवी साह रहेको प्रहरीले जनाएको छ । उनलाई शुक्रबार सिमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरी टोलीले

झापाको दमक– ८ स्थित सेतुमारी रोडबाट दुई जना लागुऔषध खैरोहिरोईन ब्राउनसुगरसहित पक्राउ परेका छन । पक्राउ पर्नेमा मोरङ रतुवामाई– २ का २१ वर्षीय कनैया गनगाई र रतुवामाई– ८ का २० वर्षीय राजकुमार गनगाई छन् ।

उनीहरुको साथबाट ३६ ग्राम खैरोहिरोईन ब्राउनसुगर बरामद भएको छ ।

झापाको मेचीनगर– ६ स्थित मेचीपुलबाट मोरङ उर्लावारी– २ का ३१ वर्षीय सुजन परियार लागुऔषध सहित पक्राउ परेका छन् । शुक्रबार लुपिजेसिक १० एम्पुल, फेनारागन १० एम्पुल र डाइजेपाम १० एम्पुल लागुऔषध सहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

लागूऔषधसहित पक्राउ परेका चारै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

jackson ribon