birat ribon

प्रतिक्रिया

Neuro
प्रतिक्रिया

नवीन केसी

Padelux insider
cura insider

समान ध्रुव
र वस्तुका बीच
समान प्रतिक्रिया हुन्छ
आधार र आधेय
मूल र व्युत्पन्न
उपसर्ग र प्रत्यय
सबैसबै एक आपसमा
टक्कर दिइरहन्छन्
घुमिरहन्छन् वृत्त र परिवृत्तहरुमा
निरन्तर निरन्तर,

प्रतिक्रियामा सानो र ठूलो हुन्न
समान र असमान हुन्न
न त हुन्छ नै आफ्नो र अर्काको
कुनै कुनै प्रतिक्रिया त
जीवनभरिका लागि यमानको हुने गर्छ,

जे जस्तो भए पनि
इख मिसाइएका
र बिख घोलिएका प्रतिक्रियाहरूले
कसैको जीवनलाई असल गर्दैनन् गर्दैनन्
कसैको जिन्दगीलाई पनि सफल बनाउँदैनन्,

त्यसैले प्रतिक्रिया दिनुभन्दा बरू
मौन बस्नु उचित छ ।

jackson ribon