birat ribon

चार वर्षपछि फिल्ममा कम्ब्याक गर्दै महानायक

Neuro
चार वर्षपछि फिल्ममा कम्ब्याक गर्दै महानायक

विराटनगर/नेपाली चलचित्र क्षेत्रमा एकछत्र राज गरेका अभिनेता राजेश हमाल चार वर्षपछि फिल्मको पर्दामा देखिने भएका छन् ।

Padelux insider
cura insider

उनै हमालले करिब १५ वर्ष नेपाली चलचित्रमा एकछत्र राज गरे । त्यसपछिका १० वर्षसम्म उनी नायकका रुपमा सक्रिय रहे । तर नेपाली चलचित्रमा ‘हमाल युग’ अन्त्य भएको छ । नेपाली चलचित्रको धार पनि बदलिएको छ ।

अहिले चल्तीका कलाकारहरु हमालभन्दा फरक शैली र विशेषताका छन् । ठूलो आस गरेका फिल्म ‘बिजुली मेसिन’ ‘बागमती’ र ‘सकुन्तला’ असफल भएपछि फिल्म छनोटमा संयमित भएका हमालले गएको चार वर्षमा दर्जनौँ फिल्म अस्वीकार गरे ।

चार वर्षसम्म फिल्मको पर्दाबाट टाढा रहेका महानायक राजेश हमाल फिल्म ‘सत्यम्’ मार्फत् फिल्ममा कम्ब्याक गर्दै छन् । निर्माण टिमसँग आठ महिना लामो छलफलपछि उनी यो फिल्म गर्न तयार भएका हुन् ।

फिल्मलाई शंकर कार्कीले निर्देशन गर्ने छन् । यस्तै फिल्मको खलनायकको भूमिका ‘ह्यान्डसम भिलेन’ को रुपमा परिचित अनुपविक्रम शाहीले निभाउने छन् । यसअघि अभिनेता हमाल र शाहीले फिल्म ‘सौर्य’ मा एकसाथ काम गरिसकेका छन् ।

jackson ribon