
कहानी अनेकौँ यहाँ देख्छु साथी ।
म जिउने शहरमा जहाँ टेक्छु साथी ।
यो बर्खाको मौसम हिँडेको छु रुझ्दै,
जहाँ भेट्छु आगो उतै सेक्छु साथी ।
हुँदा घाइते मन तिमीसामु पाएँ,
भयो ओखतीझैं सगर थेग्छु साथी ।
यहाँ पढ्नु मेरो कथा जिन्दगीको,
अँध्यारो उज्यालो सबै लेख्छु साथी ।