birat ribon

निर्यात बढ्यो, ६ महिनामा साढे ६ खर्ब व्यापार घाटा

Neuro
निर्यात बढ्यो, ६ महिनामा साढे ६ खर्ब व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा नेपालको निर्यात व्यापार ६ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्षको साउनदेखि पुससम्म विदेशी वस्तुको आयातमा ५ प्रतिशतले कमी आउँदा निर्यातमा ६ प्रतिशतले वृद्धि भएको छ ।

Padelux insider
cura insider

भन्सार विभागका अनुसार साउनदेखि पुससम्म ४ दशमलव ८१ प्रतिशतले आयात घटेको छ भने निर्यात ६ दशमलव १४ प्रतिशतले बढेको हो ।

छ महिनाको अवधीमा ६ खर्ब ६१ अर्ब २४ करोड बढीको विदेशी वस्तुको आयात भएको छ । गत आवको सोही अवधिमा ६ खर्ब ९४ अर्ब ६९ करोडबराबरको विदेशी वस्तुको आयात भएको भन्सार विभागले जनाएको छ ।

६ महिनाको अवधिमा ६० अर्ब ७९ करोड ९९ लाख बराबरको सामाग्री निर्यात भएको छ । गत वर्षको सोही अवधिमा ५७ अर्ब २७ करोड ७९ लाखबराबरको स्वदेशी वस्तु निर्यात भएको थियो ।

भन्सार विभागका अनुसार पहिलो छ महिनामा नेपालको व्यापार घाटा ६ खर्ब ४६ करोड रुपैयाँ रहेको खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

jackson ribon