birat ribon

कपालमा रङ्ग लगाउनाले कपाललाई नोक्सान पुर्‍याउँछ

Neuro
कपालमा रङ्ग लगाउनाले कपाललाई नोक्सान पुर्‍याउँछ

विराटनगर । कपालमा रङ्ग लगाएर आफूलाई नयाँ लुक दिनु धेरैजसो मानिसलाई मन पर्छ । तर, कपालमा रङ्ग लगाउनु वा कपाललाई ब्लिच गर्नाले कपाललाई नोक्सान पुर्‍याउनुका साथै केही साइड इफेक्ट पनि देखाउन सक्छ ।

Padelux insider
cura insider

एकटपक मात्र रङ्गाएको भएपनि यसले कपाललाई क्षति पुर्‍याउँछ । कपाल अधिक तेलीय हुने तथा हावा, फोहोर र हानिकारक युभी किरणले कपाललाई सुक्खा बनाउने, फुरुङ्ग हुने र सुस्त बनाउन सक्छ ।

जसकारण कपाल झर्ने, कपाल टुक्रिने, कपालमा हाङ्गा फाटिनेलगायतका समस्या हुन हुन्छ । रङ्गाएको कारण कपालको वृद्धि हुने प्रक्रियामा, पनि ढिलो हुन्छ वा रोकिन पनि सक्छ । कपाल ब्लीच गरेपछि कपालले आफ्नो ओस गुमाउँछ र त्यसपछि प्रोटिन सन्तुलन कायम गर्न गाह्रो हुन्छ । जसले कपाललाई थप क्षतिप्रति संवेदनशील बनाउँछ ।

कपाल ब्लिचिङ गर्नु वा रङ्गाउनु भनेको कपालमा कडा रसायनको प्रयोग गर्नु हो । यसले कपालमा मात्र नभएर स्क्याल्पमा पनि चोट पुर्‍याउन सक्छ । पोलेको, चिलाउनेलगायतका समस्या रहन सक्छ । यो सबै ब्लिचिङ उत्पादनमा उपस्थित हुने रसायनको कारणले हो । कपाललाई रङ्गाएपछि कपाल डिसकलर हुने एक प्रमुख साइड इफेक्ट हो ।

घरमा कपालमा ब्लिच वा रङ्ग लगाएमा वा रङ्गलाई सही अनुपातमा मिलाउन नसकेमा कपालको कलर कहीँ धेरै त कहीँ थोरै लाग्ने हुन्छ, जसले नराम्रो देखाउन सक्छ ।

jackson ribon