birat ribon

आरोहण गुरुकुल विराटनगरमा ‘सन्ध्या’ (फोटो फिचर)

Neuro
आरोहण गुरुकुल विराटनगरमा ‘सन्ध्या’ (फोटो फिचर)

विराटनगर । कोरोना महामारीले थलिएको झन्डै दश महिनापछि आरोहण गुरुकुल विराटनगरमा नाटक मञ्चन सुरु भएको छ । आज शुक्रबारदेखि विराटनगरको हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा नाटक ‘सन्ध्या’ मञ्चन सुरु भएको हो ।

Padelux insider
cura insider

धिरज राईको लेखन तथा दिपेश भण्डारीको निर्देशन रहेको ‘सन्ध्या’मा अयोग्य लडाकुको प्रेम सम्बन्धलाई प्रस्तुत गरिएको छ । माननीय सांसद्को छोराको हत्यासँगै सुरु हुने नाटकमा हत्या आरोपी, मृतककी आमा, प्रहरी र मृतककी श्रीमतीबीचको कथालाई सरल तरिकाले देखाइएको छ ।

नाटकमा अशोक गौतम, जीना कार्की, मिलन चाम्लिङ राई, अनुपमा बाँस्तोला, प्रदीप दाहाल, सविन भट्टराई, देवेन्द्र यादव र विकास पराजुलीको अभिनय रहेको छ ।

दुई वर्षअघि पहिलो पटक मञ्चन गरिएको नाटक यसपटक पुनःमञ्चन गरिएको हो । आजबाट सुरु भएको नाटक मञ्चन आरोहण गुरुकुलमा माघ १३ गतेसम्म हरेक दिन दिउँसो तीन बजे मञ्चन हुनेछ ।

निकै लामो समयपछि गुरुकुल खोल्न पाउँदा आफूहरू निकै हर्षित र उत्साहित भएको आरोहण गुरुकुलका अध्यक्ष भैरव क्षेत्रीले बताए ।

नाटक ‘सन्ध्या’का कलाकारहरूले पनि लामो समयपछि नाटक घरमा दर्शकहरूसामु नाटक मञ्चन गर्न पाउँदा अली गाह्रो भएपनि खुसी लागेको बताए ।

स्वास्थ्य मन्त्रालयले निर्धारण गरेका स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै नाटकघर सञ्चालनमा ल्याइएकाले दर्शकहरूलाई नाटकघरसम्म आएर नाटक हेरिदिन ‘सन्ध्या’का कलाकार, लेखक, निर्देशक र आरोहण गुरुकुल विराटनगरका अध्यक्ष क्षेत्रीले आव्हान गरेका छन् ।

jackson ribon