birat ribon

भारतमा नाकबाट दिन मिल्ने कोभिडविरुद्धको खोपको परीक्षण हुने

Neuro
भारतमा नाकबाट दिन मिल्ने कोभिडविरुद्धको खोपको परीक्षण हुने

विराटनगर । भारतमा नाकबाट दिन मिल्ने खोप अर्थात् इन्ट्रानेजल भ्याक्सिनको क्लिनिकल ट्रायल हुने भएको छ । कोभ्याक्सिन बनाउने कम्पनी भारत बायोटेकले बनाइरहेको नाकबाट दिन मिल्ने कोरोना खोपको परीक्षणको लागि केन्द्रीय औषधि मानक नियन्त्रण सङ्गठन (सीडीएससीओ) को विषेश विशेषज्ञ समिति (एसईसी) ले सिफारिस गरेको हो ।

Padelux insider
cura insider

मानिसमा यसको प्रभावकारिता जान्नका लागि औषधि नियामकको विज्ञ टोलीले भारतमा ट्रायलका लागि अनुमति दिइसकेको छ । चिकित्सका अनुसार खोप नाकमा दिइने हुँदा यसले नाकको म्यूकोसामा व्यापक प्रतिरक्षा प्रतिक्रिया उत्प्रेरित गर्छ, जुन कोभिड १९ को सङ्क्रमण र प्रसारण दुवैलाई रोक्नको लागि आवश्यक हुन्छ ।

प्रयोगशालामा मुसालगायत अन्य जनावरमा गरिएको परीक्षणमा यो सफल भएको र यसले सुईमार्फत् दिइने खोपले भन्दा प्रभावकारी देखिएको दावी गरिएको छ । भारत बायोटेकका अनुसार इन्ट्रानेजल खोपले भाइरसबाट बचाउनका साथै यसबाट हुने रोगसमेत फैलिन दिँदैन ।

नाकबाट दिन मिल्ने खोप इन्ट्रामस्क्युलर भ्याक्सिन (सुईमार्फत मांशपेशीमा दिइने) भन्दा फरक छ । सुईरहित, प्रशिक्षित स्वास्थ्यकर्मीको आवश्यकता नपर्ने, सुईसँग सम्बन्धित जोखिम हटाउने हुँदा यसको साइड इफेक्ट पनि सुईमार्फत् दिइने खोपको भन्दा कम हुने वैज्ञानिकको दावी छ ।

यो खोप बच्चा र वयस्क दुवैलाई सुट गर्ने हुँदा बच्चालाई समेत सजिलै दिन सकिने वैज्ञानिकले बताएका छन् ।

jackson ribon