birat ribon

चौदण्डीगढीमाथि पुलिसको फराकिलो जित

Neuro
चौदण्डीगढीमाथि पुलिसको फराकिलो जित

काठमाडौं । काठमाडौंमा जारी राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टोली नेपाल पुलिस क्लबले जित निकालेको छ ।

Padelux insider
cura insider

शुक्रबार भएको खेलमा पुलिसले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ६–० गोलान्तरले हराएको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पुलिसलाई जिताउन रेखा पौडेल र सिर्जना खड्काले २–२ गोल गरिन् । यस्तै अमृता जैशी र निर्मला बिकले एक–एक गोल गरिन् ।

यससँगै पुलिसले पहिलो जित दर्ता गरेको छ । यसअघि पुलिसले अर्को विभागीय टोली नेपाल आर्मीसँग गोलरहित बराबरी खेलेको थियो ।

jackson ribon