birat ribon

तीन हजार पाँच सय ४५ पिसिआर परीक्षण, तीन सय दुई जनामा सङ्क्रमण

Neuro
तीन हजार पाँच सय ४५ पिसिआर परीक्षण, तीन सय दुई जनामा सङ्क्रमण

विराटनगर / शुक्रबार देशभर थप तीन सय दुई जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन हजार पाँच सय ४५ पिसिआर परीक्षण गर्दा तीन सय दुई जनामा पोजेटिभ देखिएको हो ।

Padelux insider
cura insider

यससँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ६८ हजार नौ सय ४८ पुगेको छ ।
नेपालमा आज थप चार सय ८० सङ्क्रमित निको भएर घर फर्किएका छन् । यससँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ६३ हजार तीन सय ४८ पुगेको छ ।

No photo description available.

हाल तीन हजार छ सय १४ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी, आज थप सात जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार नौ सय ८६ पुगेको छ ।

jackson ribon