birat ribon

नुनको सेवन कम भए स्वास्थ्यमा यस्ता समस्या देखिन्छन्

Neuro
नुनको सेवन कम भए स्वास्थ्यमा यस्ता समस्या देखिन्छन्

विराटनगर । सोडियम शरीरमा चाहिने एक महत्त्वपूर्ण इलेक्ट्रोलाइट हो, जुन नुनमा पाइने मुख्य तत्व पनि हो । धेरै सोडियम वा नुनको सेवनलाई शरीरमा उच्च रक्तचापको समस्यासँग जोडिएको हुन्छ ।

Padelux insider
cura insider

जसकारण सोडियम वा नुनको सेवनलाई सीमित गर्नुपर्ने सल्लाह दिइन्छ । प्रतिदिन २३ सय मिलिग्रामभन्दा कम सोडयम (५.८ ग्राम नुन) को सेवन गर्न सल्लाह दिइन्छ । तर, उच्च रक्तचाप भएका तथा हुनेसक्ने मानिसले नुनको सेवन त्यागेमा रक्तचापको समस्या घट्ने हुँदा उनीहरूले शरीरमा चाहिनेभन्दा कम सोडियमको सेवन गरिरहेका हुन्छ ।

धेरै सोडियमले समस्या निम्त्याए पनि, थोरैले पनि स्वास्थ्यमा समस्या हुन सक्छ । आहारमा कम सोडियमको सेवन शरीरमा इन्सुलिन प्रतिरोधसँग सम्बन्धित छ । यस्तो अवस्थामा रगतमा चिनी र इन्सुलिनको स्तर उच्च हुन्छ ।

र, यसले टाइप २ मधुमेह र अन्य गम्भीर रोग पनि निम्त्याउन सक्छ । सोडियमको सेवन कम गर्नाले रक्तचाप कम गर्न सक्छ । रक्तचाप हृदयघात, स्ट्रोकलगायतको मुटु रोग निम्त्याउने प्रमुख कारण हो ।

तर, सोडियमको सेवन गर्नाले हृदयघात, स्ट्रोकलगायतको मुटु रोग निम्त्याउने र मुटु रोगको कारण मृत्युको जोखिम कम हुनुभन्दा पनि बढ्ने केही प्रारम्भिक अध्ययनले देखाएको छ ।

अध्ययनले सीमित नुनको सेवन गर्नाले एलडीएल (खराब) कोलेस्ट्रोल र ट्राइग्लिसराइड्सको मात्रा बढाउन सक्छ, जुन हृदय रोगको लागि सामान्य जोखिम कारकमध्ये एक हो ।

टाइप १ र टाइप २ मधुमेह भएका व्यक्तिलाई कम सोडियमको सेवनले मृत्युको जोखिम बढ्न सक्छ । तर, यसबारे थप अध्ययन गर्न आवश्यक छ । सोडियमको कम सेवन गर्नाले हाइपोनाट्रेमिया (रगतमा सोडियमको मात्रा एकदम कम)को उच्च जोखिम हुन्छ । उक्त समस्याको लक्षण डिहाइड्रेसनले गराएजस्तै हुन्छ ।

गम्भीर अवस्थामा, दिमाग फुल्न सक्छ, जसले टाउको दुखाइ, दौरा पर्ने, मानिस कोमामा जाने र मृत्युसमेत गराउन सक्छ । वृद्ध, खेलाडी मानिसमा हाइपोनाट्रेमियाको उच्च जोखिम हुन्छ ।

वृद्ध मानिस बिरामी हुने वा औषधि लिने सम्भावना बढी हुन्छ, जसले रगतमा सोडियमको स्तरलाई कम गर्न सक्छ । साथै, खेलाडीले पानीको अत्यधिक सेवन गर्ने हुँदा अत्यधिक पानीले शरीरमा सोडियमको मात्रा कम गराइ हाइपोनाट्रेमियाको जोखिम बढाउँछ ।

jackson ribon