birat ribon

प्रचण्डको आत्मालोचना : केपी ओलीलाई तह लगाउन सकेनौँ

Neuro
प्रचण्डको आत्मालोचना : केपी ओलीलाई तह लगाउन सकेनौँ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तह लगाउन नसकेको बताएका छन् ।

Padelux insider
cura insider

शुक्रबार प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल–नेपाल समूहले काठमाडौंमा आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले ओलीको गलत प्रवृत्तिलाई तह लगाउन नसकेकामा आत्मालोचना गरेका हुन् ।

तीन वर्ष आफूहरूले ओलीलाई तह लगाउने कोशिस गरे पनि नसकेको प्रचण्डले आत्माचलोना गरे । ‘यो तीन वर्षमा केपीलाई तह लगाउन सकेनौं,’ उनले भने, ‘हाम्रा पनि केही कमजोरी होलान् ।सम्झाइ, बुझाइ, फकाइ गरेँ, कतिपय उनका कुरा मान्दिएर पार्टी र देश बचाउन सकिन्छ कि भनेको सकिएन यो सभामा म क्षमायाचना गर्न चाहन्छु ।’

उनले प्रधानमन्त्री ओलीले पार्टी निर्णय र विधानसमेत नमानेको उनले बताएका थिए । आफूहरूले ओली प्रवृत्ति सच्याउन नसकेकेको उनको भनाइ थियो ।

jackson ribon