birat ribon

अब ओलीसँग नेकपा झुक्दैन : माधव नेपाल

Neuro
अब ओलीसँग नेकपा झुक्दैन : माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष माधवकुमार नेपालले केपी ओलीसँग नेकपा नझुक्ने बताएका छन् ।

Padelux insider
cura insider

शुक्रबार प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल–नेपाल समूहले काठमाडौंमा आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिस्ट पार्टी सदस्य बन्न योग्य नरहेको र ओलीले असंवैधानिक तबरले कदम चालेकाले उनीहरूसँग मिलेर जाने अवस्था नरहेको प्रस्ट्याएका हुन् ।

उनले भने, ‘फेरि केपी ओलीसँग यो नेकपाले झुक्ने कुनै काम गर्ने छैन । अब फेरि सँगसँगै जाने स्थिति बन्ला भनेर कसैले भ्रम नपाले हुन्छ ।’ यसैगरी नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर ‘कू’ गरेको बताएका छन् ।

‘उहाँले कू गर्नुभयो,’ उनले भने, ‘उहाँ कम्युनिष्ट पार्टीको सदस्य हुन लायक नभएकोले स्पष्टीकरण सोधिएको छ । उहाँले जवाफ दिनुभएको छैन ।’ ओलीलाई आफूहरूले अध्यक्ष हटाइसकेको उनको भनाइ थियो ।

नेपालले ओली भष्मासुर भएको भन्दै त्यस्ता प्रवृतिको अन्त्य गर्नुपर्ने बताए । ‘केपी ओली भष्मासुर हुन् । शिवले भष्मासुरलाई बनाए । भष्मासुरले शिवलाई भष्म पार्न खोजे । अन्तिममा के भयो थाहा छ ? शिवले भष्मासुरलाई समाप्त गरिदिए,’ उनले भने ।

‘केपी ओलीलाई कम्युनिस्ट पार्टीले यहाँ पुर्‍यायो । केपी ओली भष्मासुर भएर निस्किए । अब उनीहरुलाई भष्म गर्नुपर्छ । उनले आफूहरू आत्माआलोचित हुँदै केपी ओलीको भष्मासुर प्रवृतिलाई अन्त्य गर्दै अगाडि बढ्ने विश्वास दिलाउन चाहन्छु,’ उनले थपे ।

jackson ribon