birat ribon

पिएम कप : प्रदेश १ को पहिलो जित

Neuro
पिएम कप : प्रदेश १ को पहिलो जित

काठमाडौं । काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा प्रदेश १ ले पहिलो जित निकालेको छ । शुक्रबार आफ्नो चौथो खेल खेलेको प्रदेश १ ले
कर्णाली प्रदेशलाई ५९ रनले हराएको हो ।

Padelux insider
cura insider

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा प्रदेश १ ले दिएको दुई सय १६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्णाली ३५ ओभरमा अलआउट हुँदै एक सय ५६ रनमा समेटियो ।

कर्णालीका लागि विपिन रावलले ४७ रन जोड्दा निश्चल रावलले ३१ रन बनाए । कप्तान रविन्द्र शाहीले १८ रन बनाउँदा दिवन पुनले १४ तथा दिनेश अधिकारी ११ रन बनाए ।

प्रदेश–१ का मिनास थापाले पाँच विकेट लिए भने दिपेश कँडेलले तीन तथा मनोज तामाङले दुई विकेट लिए ।

Image

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ले निर्धारिथ ५० ओभरमा नौ विकेट गुमाएर दुई सय १५ रन बनाएको थियो ।

प्रदेश १ को लागि कप्तान सिद्धान्त लोहनीले अर्धशतकीय इनिङ्स खेलेका थिए । ९७ बल खेलेका उनले ६६ रनको योगदान गरे ।

यस्तै शुभशङ्कर उराले ३६ रन जोडे भने मिनास थापाले २५ रन बनाए ।

Image

कर्णालीका रविन्द्र शाहीले तीन विकेट लिँदा दिनेश अधिकारी र अनुज चुनाराले समान दुई–दुई विकेट लिए ।

यससँगै पिएम कपमा प्रदेश १ ले सुखद अन्त्य गरेको छ । प्रदेश १ प्रतियोगिताबाट बाहिरिसकेको छ । कर्णालीले तीन खेलबाट दुई अङ्क जोडेको छ ।

jackson ribon