birat ribon

चीनमा देखियो नयाँ स्वाइन फिभर, एक हजार बढी सुँगुरमा सङ्क्रमण

Neuro
चीनमा देखियो नयाँ स्वाइन फिभर, एक हजार बढी सुँगुरमा सङ्क्रमण

विराटनगर । चीनमा स्वाइन फिभर नामक रोग देखिएको छ । यो अफ्रिकन स्वाइन फिभरको नयाँ रुप हो । यसबाट हालसम्म चीनमा एक हजार बढी सुँगुर सङ्क्रमित भएका छन् ।

Padelux insider
cura insider

चीनको चौथो ठूलो पोर्क विक्रेता कम्पनी न्यू होप लिउहीले आफ्नो कम्पनीका एक हजारभन्दा बढी सुँगुरमा अफ्रिकन स्वाइन फिवरका दुई नयाँ स्ट्रेन पाएको जनाकारी दिएको हो ।

कम्पनीको प्रमुख विज्ञ यान झिचुनका अनुसार उक्त देखिएका नयाँ स्ट्रेनले सन् २०१८ र २०१९ जस्तै सुँगुरलाई मार्दैन । तर, यसले एक दीर्घकालीन समस्या निम्त्याउँछ, जसले जन्मिएका स्वस्थ पिगलेट (सुँगुरको बच्चा)को सङ्ख्या घटाउँछ ।

न्यू होप र अन्य धेरै ठूला उत्पादकले सङ्क्रमण फैलिनबाट रोक्नको लागि सङ्क्रमित सुँगुरलाई मारिरहेका छन् । हालसम्म उक्त रोगविरुद्धको प्रभावकारी र अनुमतिप्राप्त खोप छैन । तर, आफ्नो सुँगुरको रक्षा गर्न सङ्घर्ष गरिरहेका धेरै चिनियाँ किसानहरूले अनुमति नदिइएका उत्पादनको सहारा लिएका छन् ।

विज्ञका अनुसार यी अवैध खोपहरूले नयाँ प्रकारको सङ्क्रमण सिर्जना गरेको छ, जुन अहिले फैलिरहेको छ । मानवका लागि घातक नहुने बताइए पनि नयाँ स्ट्रेन मासुमार्फत विश्वव्यापी रूपमा फैलिन सक्छ ।

jackson ribon