birat ribon

निर्वाचन तयारी बैठक, प्रचण्ड–नेपाल समूहद्वारा बहिस्कार

Neuro
निर्वाचन तयारी बैठक, प्रचण्ड–नेपाल समूहद्वारा बहिस्कार

विराटनगर । मोरङमा आयोजना गरिएको निर्वाचन तयारीसम्बन्धी बैठक नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले बहिस्कार गरेको छ । शुक्रबार जिल्ला निर्वाचन कार्यालयले जिल्ला प्रशासन कार्यालयको बैठक हलमा सर्वपक्षीय छलफल आयोजना गरेको थियो ।

Padelux insider
cura insider

छलफलमा पुगेका प्रचण्ड–माधव समूहका नेताले ओलीविरुद्ध नाराबाजी गर्दै बहिस्कार गरेका हुन् । सर्वपक्षीय छलफलमा प्रचण्ड–माधव समूहबाट पारुल क्षेत्रीसहित चारजना प्रतिनिधि पुगेका थिए ।

केपी शर्मा ओलीले संविधानविरोधी कदम चालेका बताउँदै क्षेत्रीले निर्वाचन तयारीका लागि आयोजना गरिएको छलफल बहिस्कार गरेको बताए । छलफलका क्रममा क्षेत्रीले केपी ओली मूर्दावाद भन्दै नाराबाजी गरेका थिए ।

हुँदै नहुने चुनावको अनावश्यक प्रचार गरेको बताउँदै उनले निर्वाचन हुन्छ भन्ने भ्रममा नपर्न आग्रह गरेका थिए । क्षेत्री बोल्दैगर्दा उनलाई मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले छलफल आवश्यक रहेको बताएका थिए ।

jackson ribon