birat ribon

डा. सन्दुक रुइतसहित दुई विशेषज्ञ सम्मानित

Neuro
डा. सन्दुक रुइतसहित दुई विशेषज्ञ सम्मानित

काठमाडौं । भिजन एक्सलेन्स अवार्डबाट प्रख्यात नेत्र विशेषज्ञ डा. सन्दुक रुइतलगायतका दुई विशेषज्ञलाई सम्मान गरिएको छ ।

Padelux insider
cura insider

आँखा स्वास्थ्य सेवाको लागि वकालत गरेको तथा यसको कार्यान्वयन र संस्थागत संरचनाको विकास गरी अन्धोपन नियन्त्रण कार्यमा उल्लेख्य भूमिका निर्वाह गरेको कारण भिजन एक्सलेन्स अवार्डबाट विशेषज्ञहरूलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेहरूमा प्रख्यात नेत्र विशेषज्ञ डा. रुइतसहित नेत्र विशेषज्ञहरू प्रा.डा. रामप्रसाद पोख्रेल र डा. गोपालप्रसाद पोख्रेल छन् । नेपाल नेत्रज्योति सङ्घ तथा नेपाल आँखा अस्पतालको संयुक्त आयोजनामा भएको कार्यक्रममा पूर्व–राष्ट्रपति रामवरण यादवले अवार्डबाट सम्मान गरे ।

सङघका अध्यक्ष प्रा.डा. चेतनाथ पन्तले आँखा क्षेत्रको सेवा विस्तारमा उनीहरूको नेतृत्व, भिजन र मार्गनिर्देशनको महत्वपूर्ण योगदान भएकाले सम्मान गरिएको बताए ।

jackson ribon