birat ribon

रारा सहकारीमा सर्वसाधारणको बचत जोखिममा, अध्यक्ष भन्छन्–‘फिर्ता गर्छाैँ’

Neuro
रारा सहकारीमा सर्वसाधारणको बचत जोखिममा, अध्यक्ष भन्छन्–‘फिर्ता गर्छाैँ’

विराटनगर । विराटनगरको रारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो बचत फिर्ता नदिएको बचतकर्ताहरूले गुनासो गरेका छन् । सहकारी सञ्चालक सम्पर्कविहीन भएपछि बचतकर्ताले आफ्नो बचत फिर्ता नपाएको गुनासो गरेका हुन् ।

Padelux insider
cura insider

विराटनगर–७ को शनिमन्दिर रोडमा कार्यालय रहेको सहकारीले माघ ८ गते आफ्ना बचतकर्तालाई रकम भुक्तानी दिने बताएको थियो । तर, बचतकर्ता सहकारी पुग्दा सञ्चालक अफिस बन्द गरेर हिँडेका थिए ।

विनासूचना कार्यालय बन्द भएको पाएपछि गाँस काटेर जम्मा गरेको रकम डुब्ने हो कि भन्ने चिन्तामा रहेको बचतकर्ता रितेश साहले बताए । उनले सहकारीबाट तीन लाख ९८ हजार रुपैयाँ बचत फिर्ता लिनुपर्नेछ । सहकारीमा विराटनगरका साना तथा खुद्रा व्यापारीले दैनिक बचत गर्दै आएका थिए ।

१० करोड तिर्न बाँकी, १२ करोड लगानी

रारा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शेरबहादुर थापामगरले केही दिनभित्र बचत फिर्ता गर्ने बताएका छन् । उनका अनुसार सहकारीमा करिब २ हजार सर्वसाधारणले १० करोड हाराहारी बचत गरेका छन् ।

सहकारीले १२ करोड लगानी गरेको उनको दाबी छ । ‘हामी भागेका छैनौँ,’ उनले भने, ‘सोमबारबाट बचत फिर्ता गर्न सुरु गर्छाैँ ।’

अध्यक्ष मगरलाई प्रहरीले पनि बचत फिर्ता गर्न दवाव दिइरहेको छ । विद्युत कटौती भएकाले अफिस बन्द रहेको बताउँदै उनले बचतकर्ताको रकम फिर्ता गर्ने बताए ।

jackson ribon