birat ribon

आइपिएलमा क–कसले खेलाडीसँगको सम्झौता लम्ब्याए र को–को फुकुवा भए ?

Neuro
आइपिएलमा क–कसले खेलाडीसँगको सम्झौता लम्ब्याए र को–को फुकुवा भए ?

विराटनगर । इन्डियन प्रिमियर लिगका फ्रेन्चाइज क्लबलहरूले आगामी संस्करणको प्रतियोगिता अगाडि केही खेलाडीलाई फुकुवा गरेको छ भने केहीको सम्झौता लम्ब्याएको छ ।

Padelux insider
cura insider

यस्तैमा आइपिएल फ्रेन्चाइज दिल्ली क्यापिटल्सले नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य तथा लेग स्पिनर सन्दीप लामिछानेलाई फुकुवा गर्ने निर्णय गरेको छ ।

लगातार तीन वर्ष दिल्लीको टिममा रहेका सन्दीपलाई अब नयाँ टिमबाट आइपिएल खेल्ने बाटो खुलेको छ ।

क–कसले खेलाडीसँगको सम्झौता लम्ब्याए र को–को फुकुवा भए ?

मुम्बई इन्डियन्स

साविक विजेता मुम्बई इन्डियन्सले रोहित शर्मा, इशान खान, सूर्यकुमार यादव, क्वीन्टन डी कक, अनमोलप्रीत सिंह, आदित्य तारे, क्रिस लाइन, सौरभ तिवारी, हार्दिक पाण्ड्या, क्रुनाल पाण्ड्या, किइरन पोलार्ड, जयन्त यादज, ट्रेन्ट बोल्ट, जस्प्रित बुमराह, मौशिन खान, राहुल चाहार र अनुकुल रोयसँग सम्झौता लम्ब्याएको छ ।

यस्तै मिचेल एमसीक्लेनेघाम, जेम्स पाटिन्सन, लासिथ मालिङ्गा, नाथन कल्टर–निल, शेर्फाने रुथरफोर्ड, दिग्विजय देशमुख र प्रिन्स बलवन्त राई सिंहलाई फुकुवा गरेको छ ।

कोलकता नाइटराइडर्स

कोलकताले दिनेश कार्थिक, आन्द्रे रुसेल, कमलेश नगरकोटी, कुलदीप यादव, लक्की फर्गुसन, नीतिश राना, प्रशिद्ध कृष्ण, रिङ्कु सिंह, सन्दीव पारियर, शिवम मावी, शुभ्नम गिल, सुनिल नारिने, इयोन मोर्ग्यान, पाट कुमिन्स, राहुल त्रिपाठी, वरुण चक्रवर्थी, ह्यारी गर्ने र अली खानसँगको सम्झौथा थपेको छ ।

यस्तै एम सिद्धार्थ, निखिल नायक, सिद्धेश लड, क्रिस ग्रीन र टोम ब्यान्टनलाई रिलिज गरेको छ ।

रोयल च्यालेन्जर्स बैङ्ग्लोर

कप्तान विराट कोहली, एबी डी भिलियर्स, युज्भेन्द्र चाहाल, देवदत्त पाडिकल, जोश फिलिप, मोहम्मद सिराज, वासिङ्ग्टन सुन्दर, नवदीप सैनी, शभाज हमदा, पवन देशपाण्डे, अदाम जाम्पा र केन रिचार्डसनलाई बैङ्ग्लोरले आफूसँगै राखेको छ ।

यस्तै क्रिस मोरिस, आरोन फिन्च, मोइन अली, इसुरु उडाना, शिवम दुवे, उमेश यादव, पवन नेगी, गुर्कीरात मन, सन्यास लिएका पार्थिव पटेल र डेल स्टेनलाई फुकुवा गरेको छ ।

सनराइजर्स हैदरावाद

हैदरावादे डेभिड वार्नर, अभिषेक शर्मा, बसिल थाम्पी, भुवनेश्वर कुमार, जोनी बैरस्टो, केन विलियमसन, मनिष पाण्डे, मोहम्मद नावी, रशिद खान, सन्दीप शर्मा, शभाज नदीम, श्रीवाट्स गोस्वामी, सिद्धार्थ कौल, खलील अहमद, टी नटराजन, भिजय शङ्कर, रिद्धीमान साह, अब्दुल समद, मिचेल मार्स, जासोन होल्डर, प्रियम गार्ग र विराट सिंहको सम्झौता नवीकरण गरेको छ ।

सञ्जय यादव, सन्दीप भावन्का, बिल्ली स्टानलेक, फाबियन एलेन र यारा पृथ्वीराजलाई भने फुकुवा गरेको छ ।

चेन्नई सुपर किङ्ग्स

चेन्नईले कप्तान महेन्द्र सिंह धोनी, सुरेश रैना, अम्बाती रायडु, एन जगदीसान, फाफ डु प्लेसिस, रुतुराज गाइकवान्ड, साम कुरान, रवि जडेजा, ड्वाने ब्राभो, मिचेल सान्टनर, जोश हजलीवुड, शार्दूल ठाकुर, कर्ण शर्मा, केएम आसिफ, इमरान ताहिर, आर साइ किशोर, दीपक चाहाल र लुङ्गी नगिदीसँग सम्झौता नवीरकण गरेको छ ।

उसले केदार जादव, शेन वाट्नस (सन्यास लिएका), पियुस चावला, मुरली विजय, मोनु कुमार, हर्भजन सिंहलाई फुकुवा गरेको छ ।

किङ्ग्स एलाभेन पञ्जाब

पञ्जाबले केएल राहुल, क्रिस गेल, मयङ्क अग्रवाल, निकोलास पुरुन, मन्दीप सिंह, सर्फराज खान, दीपक होडा, प्रभसिम्रन सिंह, मोहम्मद सामी, क्रिस जोर्डन, दर्शन नल्कान्डे, रवि बिस्नोयी, मुरुगान आश्विन, अर्शदीप सिंह, हरप्रित ब्रार र इशान पोरलेसँग सम्झौता थप्ने निर्णय गरेको छ ।

उसले ग्लेन माक्सवेल, शेल्डन क्रोन्टेल, के गोथ्वाम, मुजीव उर रहमान, जिम्मी नीशम, हार्दुस भिल्जोयन र करुण नायरलाई रिलिज गरेको छ ।

राजस्थान रोयल्स

रानस्थानले सञ्जु सामसन, महिपाल लोम्रोर, मनान बोहरा, रियान पराग, रविन उठप्पा, डेभिड मिलर, मयङ्क मर्कान्डे, जोप्रा आर्चर, श्रेयस गोपाल, जयदेव उनादकट, कार्थिक त्यागी, आन्द्रे टाई, बेन स्टोक्स, राहुल टेबाटिया, याशास्भी जैस्वाल, जोस बट्लर र अनुजलाई राख्ने निधो गरेको छ ।

राजस्थानले स्टिभ स्मिथ, वरुण आरोन, टोम कुरान, अङ्कित राजपूत, अनिरुद्ध जोशी, शशाङ्क सिंह, ओशान थोमस र आकाश सिंहलाई फुकुवा गर्ने निर्णय गरेको छ ।

दिल्ली क्यापिटल्स

दिल्लीले श्रेयस अय्यर, रिषभ पन्त, शिखर धवन, पृथ्वी श, आर आश्विन, इशान्त शर्मा, अजिन्क्या रहाने, अक्षर पटेल, अमित मिश्र, आवेश खान, मार्कुस स्टोइनिस, शिम्रोन हेटमेयर, कागिसो रबाडा, एनरिच नोर्त्जे, प्रवीण दुवे, ललित यादव र क्रिस ओयाक्ससँगको सम्झौता लम्ब्याएको छ ।

उसले किमो पल, सन्दीप लामिछाने, एलेक्स करे, मोहित शर्मा, तुशार देशपाण्डे, जासोन रोयलाई फुकुवा गरेको छ ।

jackson ribon