birat ribon

भारतले नेपाललाई दिएको कोभिशिल्ड खोपको बारेमा जान्नुपर्ने केही कुराहरू

Neuro
भारतले नेपाललाई दिएको कोभिशिल्ड खोपको बारेमा जान्नुपर्ने केही कुराहरू

विराटनगर । भारतले लाखौँ मात्रामा कोभिडका खोप छिमेकी मुलुकलाई निःशुल्क उपलब्ध गराइरहेको छ । भारतको औषधि नियामक निकायले अक्सफर्ड (अस्ट्राजेनेकाले विकसित गरेको खोप (कोभिशिल्ड) र भारत बायोटेकले विकास गरेको खोप (कोभ्याक्सिन)लाई अनुमति दिएको छ । र, नेपामलाई भने भारत सरकारले अनुदानका रूपमा कोरोनाविरुद्धको खोप कोभिशिल्डको दस लाख डोज दिएको हो ।

Padelux insider
cura insider

अक्सफर्ड–अस्ट्राजेनेकाको खोप स्थानीय रूपमा उत्पादन गरिरहेको सिरम इन्स्टिट्यूट अफ इन्डियाले विकास गरेको कोभिशिल्ड खोप चिम्पान्जीबाट निकालिएको सामान्य रुघाखोकीको कमजोर पारिएको भाइरसमा आधारित छ । सो भाइरसलाई कोरोना भाइरसजस्तै बनाइएको छ, तर त्यसले सङ्क्रमण भने गर्दैन ।

एक जना मानिसलाई यो खोपको दुई मात्रा दिनुपर्ने हुन्छ । खोपको एक डोज दिएको चारदेखि १२ साताको फरकमा अर्को डोज दिइन्छ । अन्तर्राष्ट्रिय क्लिनिकल परीक्षणमा यो खोप पूरै मात्रामा दिइएको अवस्थामा ९० प्रतिशतसम्म प्रभावकारी देखिएको छ ।

खोप दिएपछि मानिसको शरीरमा यसले रोग प्रतिरोधी क्षमतालाई सक्रिय बनाउँछ जसले शरीरमा एन्टीबडीको विकास गर्छन् । ती एन्टीबडीले कोरोना भाइरसको सङ्क्रमणविरुद्ध लड्छन् ।

खोपलाई दुईदेखि आठ डिग्री सेल्सीअस तापक्रममा सुरक्षित राख्न सकिन्छ । जुन सामान्य फ्रिजको तापक्रम हो र यसलाई अन्य खोपसरह दिन सकिन्छ । यसकारण कोभिशिल्ड अन्य केही खोपभन्दा ओसारपसार गर्न र वितरणका लागि सहज हुन्छ ।

भारतले नेपाललगायत भुटान, मालदिभ्स, बङ्गलादेश, म्यानमार र सेसल्समा यो खोप पठाइसकेको छ । साथै, श्रीलङ्का, अफगानिस्तान र मरिससमा पनि उक्त देशको औषधि नियामकले अनुमति दिएपछि खोप पठाइने बताइएको छ ।

नेपालसहित अन्य देशलाई सहयोगमा दिइएको खोपलाई धेरैले कूटनीतिका रूपमा अर्थ्याएका पनि छन् ।

jackson ribon