काठमाडौं । काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा प्रदेश १ ले कर्णाली प्रदेशलाई दुई सय १६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ले निर्धारिथ ५० ओभरमा नौ विकेट गुमाएर दुई सय १५ रन बनाएको हो ।
प्रदेश १ को लागि कप्तान सिद्धान्त लोहनीले अर्धशतकीय इनिङ्स खेलेका थिए । ९७ बल खेलेका उनले ६६ रनको योगदान गरे ।
यस्तै शुभशङ्कर उराले ३६ रन जोडे भने मिनास थापाले २५ रन बनाए ।
कर्णालीका रविन्द्र शाहीले तीन विकेट लिँदा दिनेश अधिकारी र अनुज चुनाराले समान दुई–दुई विकेट लिए ।
प्रदेश–१ सुखद अन्त्यको खोजीमा छ । लगातार तीन खेलमा हार ब्यहोरेको प्रदेश १ प्रतियोगिताबाट बाहिरिसकेको छ । कर्णालीले दुई खेलबाट दुई अङ्क जोडेको छ ।