birat ribon

ब्राउनसुगरसहित तीनजना पक्राउ

Neuro
ब्राउनसुगरसहित तीनजना पक्राउ

झापा । झापाका दुई छुट्टाछुट्टै स्थानबाट ब्राउनसुगर र एम्पुलसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

Padelux insider
cura insider

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले सिजुवा नगरपालिका–२ का २१ वर्षीय कनैया गनगाई र २० वर्षीय राजकुमार गनगाईलाई ३६ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

बिहीबार साँझ छ बजे दमक नगरपालिका–८ बाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसैगरी लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मोरङको उर्लाबारी नगरपालिका–२ का ३१ वर्षीय सुजन परियारलाई १० एम्पुल लुपिजेसिक, १० एम्पुल फेनारागन र १० एम्पुल डाइजेपामसहित मेचीनगर नगरपालिका–६ बाट पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

jackson ribon