birat ribon

सर्वव्यापी संस्कृत बिथोल्न खोज्नेलाई प्रतिउत्तर

Neuro
सर्वव्यापी संस्कृत बिथोल्न खोज्नेलाई प्रतिउत्तर
अभिमन्यु अभिजित

‘कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन ।
मा कर्मफलहेतुर्भुर्मा ते सङ्गोऽस्त्व कर्मणि ।’
महाभारतकालीन समयमा आफ्ना बान्धवहरूका साथ युद्ध गर्नु व्यर्थ भएकाले राज्य प्राप्तिका लागि युद्ध नगर्ने अर्जुनको मनसायलाई बुझेर श्रीकृष्णले सहजीकरण गरेको विशिष्ट सन्देश छ यो श्लोकमा । कर्म गर्नु मानिसको कर्तव्य हो, फल प्राप्त होस् नहोस् त्यो चिन्ताको विषय होइन भनी कृष्णले अर्जुनलाई सम्झाएको प्रसङ्ग उल्लिखित श्रीमद्भगवद्गीताको यो श्लोकले गहिरो अर्थ तथा जीवन दर्शन बोकेको छ, जसको गहिराइ बुझ्न संस्कृत भाषाको ज्ञान नभई हुन्न ।

Padelux insider
cura insider

भारतीय टेलिभिजन जी न्युजमा अन्तर्वार्ता दिने क्रममा प्रधानमन्त्री खड्गप्रसाद ओलीले बाह्रौँ शताब्दीका भाष्कराचार्यदेखि सुश्रुतसम्मको चर्चा गरे । नेपालको कोसी नदी सेरोफेरोमा तपस्या गरी बसेका विश्वामित्रले प्रतिपादन गरेका मन्त्रहरूसहित गायत्री–मन्त्रको प्रसङ्ग कोट्याएर संस्कृत ऋचाहरूको महत्त्वबारे बहस सुरु गराएका छन् । ब्रह्मा, विष्णु र रुद्रको संयुक्त उपासना हुने नाभिस्थानबाट उच्चरित ‘अ, उ र म्’ संयुक्त अक्षर ॐकारको महिमा वर्णन गर्न नसकिने खालको छ ।

यसको रहस्य बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँडसरह छ, जसको भेउ संस्कृतका विद्यार्थीलाई राम्रोसँग छ । संस्कृत भनेको विशाल ज्ञानराशि भएको बृहत् क्षेत्र हो, जसका बारेमा धेरैलाई ज्ञान छैन ।

अधिकतर संस्कृत शिक्षार्थीहरूका लागि समाजमा सधैँ तेर्सिने प्रश्न हो– संस्कृत पढेर के गर्ने ? संस्कृत पढेकाहरूलाई जजमान अर्थात् हिन्दु सनातनी संस्कारमा सहजीकरण गर्ने जनशक्तिका रूपमा मात्र परिभाषित गर्नेहरू धेरै छन् । संस्कृतलाई मृत भाषा, बाहुन भाषा, सामन्ती भाषा आदि भनेर होच्याउने बुज्रुकहरूको पनि कमी छैन समाजमा । तर संस्कृत केवल भाषा नभई समग्र जीवनपद्धति भन्ने चाहिँ धेरैलाई थाहा छैन ।

इशापूर्व एक हजारतिर अर्घाखाँचीमा जन्मिएका पाणिनीले संस्कृत व्याकरणलाई व्यवस्थित गरेपछि आजसम्म संस्कृत भाषामा कुनै शङ्का गर्ने ठाउँ छैन ।

प्रताप मल्लको शासनकालसम्म संस्कृत लोक–भाषाको रूपमा आर्य समाजमा प्रचलनमा थियो भने अन्य समुदायका नगण्य मातृभाषाहरू रहेका थिए । संस्कृतका वर्ण–व्यवस्थामा रहेको क्लिष्टता र यसको व्यवस्थित उच्चारण र प्रयोगले संस्कृत इतर भाषीहरूलाई यसमा प्रवेश गर्न पक्कै कठिनाइ हुने भए पनि यसको विशाल आयामले सबैलाई लोभ्याएको पाइन्छ ।

१६औँ शताब्दीतिर नेपाली तत्सम–तद्भव–अपभ्रंश परिवर्तन हुँदै भानुभक्तसम्म आइपुग्दा नेपाली भाषाले संस्कृतकै सेरोफेरोमा आफ्नो संरचना तयार गरेको छ । यसकारण धेरैजसो भाषाविद्हरूको मतैक्यता भनेको नेपालीलाई संस्कृत भाषाकै उपजका रूपमा लिनुपर्छ भन्ने हो ।

इशापूर्व एक हजारतिर अर्घाखाँचीमा जन्मिएका पाणिनीले संस्कृत व्याकरणलाई व्यवस्थित गरेपछि आजसम्म संस्कृत भाषामा कुनै शङ्का गर्ने ठाउँ छैन । पाणिनीय व्याकरण पूर्णतः वैज्ञानिक र लगभग चार हजार सूत्रद्वारा व्यवस्थित छ । संस्कृत भाषा अध्ययनका लागि अमरकोश, अनुवाद–चन्द्रिकालगायत विषयहरू सहायक बनेर आएका छन् । भाषा सिकाइलाई प्रभाव पार्ने आर्थिक, सामाजिक र राजनीतिक विषयहरू पनि संस्कृत भाषामा सहयोगी बन्ने गरेकाले संस्कृत पढ्नु भनेको भाषिक दक्षतामात्र नभई समग्र जीवनपद्धति र आत्म–परमात्माको चिन्तनसँग व्यक्ति घुलमिल हुने विशेष अवसर पनि हो ।

तात्कालिक दक्षिण एसियाली समाजको जीवनपद्धति देखेर पश्चिमाहरूले इष्र्या गरेका घटना परिपूरक दृष्टान्त बन्ने गरेका छन् । सांस्कृतिक विविधता, खनिजजन्य पदार्थहरूको यथेष्ट स्रोत र पर्यटकीय गन्तव्यका रूपमा रहेका नेपाल, भारत तथा भूटानलगायत देशहरूप्रति अङ्ग्र्रेजहरूको मोहबाट यस कुराको पुष्टि हुन्छ ।

वर्तमान परिप्रेक्ष्यमा मानवतावादको सिद्धान्तलाई समर्थन गर्दै विश्व भौतिक विकासका लागि प्रतिस्पर्धा गरिरहेको छ । शिक्षित समाज, विकसित राष्ट्र र आत्मनिर्भर राज्य प्राणाली बनाउने ध्याउन्नमा दौडिरहेको विश्वले आत्मकेन्द्रित क्रियाकलापहरू गरिरहेको भान हुन्छ । विश्व–बजारसँग भिडिरहने चीन, रूस, जापान, कोरिया र भारतलगायत विकसित मुलुकहरू समग्र विश्वको कल्याणका लागि किन मौन छन् ? मुख्य संशय यहीँ उत्पन्न हुन्छ । ती विकसित मुलुकमा भौतिक सुविधाका लागि हुने गरेको चिन्ता नै सर्वोच्च सुखका रूपमा व्याख्या गरिएको छ । तर प्रश्न मानव सभ्यताको सर्वाङ्गीण विकासका लागि कुन मुलुकले के–कति महत्त्व दिएका छन् भन्ने छ ।

‘अतिथि देवो भव,’ ‘मातृदेवो भव,’ ‘पितृदेवो भव’ अर्थात् अतिथि, माता र पितालाई देवतासमान व्यवहार गर जस्ता कल्याणकारी वचनहरू अरू कुन भाषाले सिकाएको छ ? सम्पत्ति आर्जनका लागि हुने पारिवारिक कलह, द्वन्द्व र सामाजिक विद्वेषको कारण भनेकै व्यक्तिले आर्जन गरेको ज्ञान र बाँचेको भूगोलले सिकाएको पाठ हो । आजसम्म संसारमा भएका सामूहिक नरसंहारदेखि सत्ता–शक्ति प्राप्तिका लागि जे–जति गतिविधिहरू भएका छन्, ती सबै व्यक्तिले आर्जन गरेको ज्ञान र बुद्धिले अह्राएको काम हो । यसका लागि आधारभूत तहबाटै अनुशासन कायम गर्न सिकाउने शिक्षा र व्यवहारको मुहान संस्कृत भाषालाई एक छिन मनन गर्नुपर्छ ।

देश विकास भनेकै आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिक रूपान्तरणबाट हुने हो । आर्थिक उन्नतिका लागि संस्कृतमा एउटा उक्ति छ–
विद्या ददाति विनयं विनयाद्याति पात्रताम् ।
पात्रत्वाद्धनमाप्नोति धनाद्धर्मः ततः सुखम् ।
अर्थात् विद्याले विनय दिनेछ भने विनयी व्यक्ति योग्य बन्छ । योग्यताकै आधारमा धन आर्जन गरी धनबाट धार्मिक पनि बन्छ ।

प्रस्तुत श्लोकले विद्या विनयशील हुनुपर्छ र धनार्जन गर्ने व्यक्तिले मात्र धर्म गर्न सक्छ । धर्मका पाउहरूका रूपमा रहेको क्षमाशील, परोपकारी र दानी व्यक्ति हुनका लागि पनि धन र विनयकै आवश्यकता पर्छ । विद्याअनुसारको व्यवहार र हामीले राखेको उद्देश्य पूर्तिका लागि विनयीपन र धनकै आवश्यक पर्ने देखिन्छ । यसकारण संसार धनकै पछाडि दौडिइरहँदा विनय, क्षमा, परहितका कुरा बिर्सिइरहेको छ भन्नु अत्युक्ति हुँदैन ।

अहिले बढ्दो क्रममा रहेको भ्रष्टाचार तथा विकृति चिर्न अक्षरारम्भमै देवश्व, राजश्व र ब्राह्मणाश्व हरण गर्नु पाप हो भनी सिकेको व्यक्ति आवश्यक पर्छ ।

संस्कृत पढेर चलनचल्तीको काम जजमानी गर्नु सांस्कृतिक निरन्तरताका लागि जायज काम भए पनि यसमा भित्रिएको व्यापारिक गुणले संस्कृत पढ्नेको अब कामै छैन भन्ने गलत सन्देश सिर्जित हुन थालेको छ । यद्यपि संस्कृत पढेर जुनसुकै क्षेत्रमा आफूलाई अभ्यस्त गराउन सकिन्छ । संस्कृतभाषी प्रथमतः भाषाकै क्षेत्रमा सक्रिय रहने हो भने नेपाली भाषाप्रति भएका हस्तक्षेप र विकार हटाउन सक्छ ।

भाषा जसरी प्रयोग गरे पनि यसको काम संप्रेषण गर्नु हो भन्नेहरू पनि छन् तर जसरी कपडाको काम लाज छोप्नु हो भन्ने मात्र अर्थ नभई व्यक्तित्वको परिचय र परिवेश सबै विचारिन्छ सोही तवरबाट भाषाको काम अर्थ बुझाउनु मात्र हुने हो भने संसारमा भाषाका नाममा भए वा हुने गरेका यतिबिघ्न लडाइँ हुने थिएनन् । भाषा पहिचानमात्र नभई सम्पत्ति पनि हो । यसको व्यवस्थापन राम्रोसँग गर्नुपर्ने हुन्छ । त्यसैले संस्कृत पढेर भाषा संप्रेषणका क्षेत्रमा जुनसुकै काम गर्दा हुन्छ ।

संस्कृत पढेकाले निजामती जागिरे भए झनै बेस किन हुन्छ भने अहिले बढ्दो क्रममा रहेको भ्रष्टाचार तथा विकृति चिर्न अक्षरारम्भमै देवश्व, राजश्व र ब्राह्मणाश्व हरण गर्नु पाप हो भनी सिकेको व्यक्ति आवश्यक पर्छ । पर्यटन विकास, औद्योगिक र व्यापारिक प्रतिष्ठानहरूमा संस्कृत पढ्नेहरू उपयोगी हुन्छन् । संस्कृत पढेकाले कुनै प्राविधिक काम गर्न नहुने र नसक्ने भन्ने कुरै रहँदैन । अरू भाषा पढेकाले पनि प्राविधिक काम सिपको आधारमा गर्ने हो ।

संस्कृत पढ्नेहरू ईश्वरीय चेतनायुक्त हुने भएकाले इतिहास बुझ्न, केलाउन र पुरातात्विक क्षेत्रमा सहजै काम गर्न सक्छन् । संस्कृतले जनभावनाको कदर गर्नसक्ने गुणको विकाससँगै देश र माटोप्रति प्रतिबद्ध बनाउने हुँदा राजनीतिक क्षेत्रमा पनि यो जनशक्तिको विशेष अभाव छ । होटल व्यवसायतिर लाग्नाले अतिथिको सत्कार र समुचित व्यवहारले आफूलाई कृतज्ञ बनाउँछ, सँगसँगै आर्थिक लाभ पनि हुन्छ ।

सूचना संप्रेषणका क्षेत्रमा सहकार्यसहित समस्या समाधानका लागि नागरिकमैत्री बन्नसंस्कृतले अभिप्रेरित गर्छ । शैक्षिक क्षेत्रमा हुने व्यापार र यसबाट समाजले गरेको अपेक्षाविपरीत परिणामलाई एउटा संस्कृतज्ञको प्रवेशले सकारात्मक प्रभाव पर्नजान्छ । संस्कृत वाङ्मयमा रहेका ज्योतिष, वास्तु, कला, साहित्य र आयुर्वेदिक खुराकहरूलाई समाजले चिन्ने गरी उत्खनन गर्न सकिन्छ ।

न्यायालयमा हुने अन्यायका खेललाई सर्वदा समाप्त गर्न कर्तव्यनिष्ठ न्याय अन्यायको बोध भएको व्यक्ति काफी हुन्छ । कतिपय संस्कृतज्ञहरू अन्य सम्प्रदायको सङ्गत र प्रभावमा उल्लिखित कामहरूविपरीत तरिकाले गरिरहेका पनि छन् । त्यस्तालाई ठेगान लगाउन पनि सबै क्षेत्रमा संस्कृतका असल विद्यार्थीको हस्तक्षेप अपरिहार्य देखिएको छ ।

मसँगै संस्कृत पढेका केही मित्रहरू हालै होटल व्यवसायका क्षेत्रमा प्रवेश गरेका छन् । संस्कृत पढ्नेहरूले जजमानीमात्र गर्छन् भन्नेका लागि यो एउटा विशिष्ट नजिर हो, सँगसँगै कुकृत्यविनै होटल व्यवसाय सञ्चालन गरेर उनीहरू समाजमा उदाहरण बन्नेछन् । संस्कृत पढेकाहरूले डिस्को, क्यासिनोजस्ता विकृत कार्यक्रमका सट्टा प्रेरणात्मक कार्यशाला गोष्ठी सञ्चालन, योग तथा ध्यान शिविर आयोजना गरेर आर्थिक लाभ लिनसकिने नजिर स्थापित गर्नेछन् । जसरी अधिक खर्च गर्न रुचाउनेका लागि क्यासिनोहरू रोजाइमा पर्छन्, सोही क्रमले निम्न तथा मध्यम आय भएकाहरूले मनोरञ्जन गर्ने ठाउँ पनि खोजिरहेका बेला यस्ता खालका व्यवसाय सञ्चालन गर्नु जायज छ ।

संस्कृत बाहुनहरूको वा बाहुनहरूका लागि मात्र भन्नेहरूलाई यी सल्लाह बेतुक लाग्न सक्छन्, जुन पृष्ठभूमिमा संस्कृत पढ्नेहरूको भविष्य के भन्दै बिथोल्न खोज्नेहरूलाई संस्कृतका विद्यार्थीले अनुकरणीय काम गरेर प्रत्युत्तर दिनै पर्नेछ ।

jackson ribon