birat ribon

बिग बास लिग : स्कोचर्सविरुद्ध सन्दीपले लिए दुई विकेट

Neuro
बिग बास लिग : स्कोचर्सविरुद्ध सन्दीपले लिए दुई विकेट

विराटनगर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी बिग बास क्रिकेट लिगअन्तर्गत पर्थ स्कोचर्सविरुद्ध दुई विकेट लिएका छन् । शुक्रबार जारी खेलमा होबर्ट हुरिकेन्सबाट बिबिएल खेलिरहेका सन्दीपले दुई विकेट लिएका हुन् ।

Padelux insider
cura insider

स्कोचर्सविरुद्ध चार ओभर बलिङ गर्दा सन्दीपले २७ रन खर्चिँदै दुई विकेट लिएका हुन् । उनले लियाम लिभिङ्स्टोनको महत्वपूर्ण विकेट लिए भने मिचेल मार्सलाई एलबीडब्लू धरापमा पारे ।

अहिले हुरिकेन्स र स्कोचर्सबीच खेल भइरहेको छ । जसमा टस जितेर ब्याटिङ गरिरहेको स्कोचर्सले हुरिकेन्सलाई एक सय ८० रनको लक्ष्य दिएको छ ।

स्कोचर्सले निर्धारित २० ओभर खेल्दा आठ विकेटको क्षतिमा एक सय ७९ रन जोडेको हो । अब, हुरिकेन्सले जवाफी ब्याटिङ थाल्नेछ ।

jackson ribon